• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा बन्यो न्यायीक इजलास कक्ष: न्याय सम्पादनमा सहजता




तुल बहादुर कवँर
देउखुरी । दाङ- देउखुरीकाे राप्ती गाउँपालिकाले न्यायिक समितिको कार्य सम्पादन सहजताका लागि न्यायीक इजलास कक्ष निर्माण गरेको छ ।

स्थानीय सरकार गठन भएको लामो सम्म पनि इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भइरहेको हुदा गाउँपालिकाले इजलास कक्ष निर्माण गरेकाे हाे।

न्यायिक समितिमा आएका कतिपय छलफल गोप्य गर्नुपर्ने भए पनि इजलास कक्षको अभावका कारण आफ्नै कार्यकक्षमा छलफल गर्दा मान्छेहरूको भिडभाडका कारण समस्या हुने गरेको गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक कमलापती चाैधरीले बताउनुभयो ।

उहाँले इजलास कक्ष निर्माण भए पछि त्यस्ता मुद्दामा छलफल तथा बहस गर्न सजिलो भएको बताउनुभयो।

पहिले इजलास कक्ष निर्माणका लागि काेठा अभाव हुँदा छुट्टै इजलास निर्माण गर्न समस्या भएको र न्याय सम्पादनमा गाह्रो भएको उहाँको अनुभव छ। ‘हामीले पहिला धेरै समस्या भोग्यौँ,’ उहाँले भन्नुभयो , ‘अब छलफल चलाउँदा गोप्य ढंगले चलाउन सहज हुनेछ ।’

उहाँका अनुसार न्यायिक इजलास नहुँदा आफ्नै कार्यकक्षमा पीडित र पीडक राखेर छलफल गराउँदा निकै असहज हुने गरेको थियो ।

‘मुद्दाका विषयमा छलफल गर्दा गोपनीयता भन्ने थिएन,’ उहाँले भन्नुभयो, ‘मुद्दा परेकासँग छलफल गर्न कठिनाइ थियो र प्रतिवादी तथा पीडित दुवै बोल्न हिच्किचाउने गर्थे । तर, अहिले सहज भएको छ।’

मुद्दाका विषयमा विभिन्न किसिमको समस्या परेकै कारण छुट्टै न्यायिक इजलासको व्यवस्था गर्नुपरेकाे उहाँको भनाई छ। न्यायिक इजलास कक्षले न्याय सम्पादनमा सहयोग पुग्ने उहाँको विश्वास छ ।

राप्ती गाउँपालिकामा गत आर्थिक वर्षमा मात्रै करिब ४९ वटा उजुरी परेको न्यायीक समितिका प्रशासक सुवास भट्टराईले जानकारी दिनुभयो ।

Facebook Comments