• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
डढेलो रोककथाम सम्बन्धी छलफल तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न




रुकुमपूर्व ।रुकुमपूर्वमा नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रूकुमकोट शाखाले डढेलो रोककथाम सम्बन्धी छलफल तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

देशभर आगलागीका घटनाहरू दिनहुँ बढिरहेको याे अवस्थामा नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रूकुमकोट शाखाले `आगलागीबाट बचाैं´ भने प्रमुख बिषयमा छलफल तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हाे ।

शाखाले शुक्रबार एक कार्यक्रमका बिच नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रूकुमकोट शाखाकाे १७ र १८ नम्बर केन्द्र अर्थात जिल्लाकाे भूमे गाउँपालिका वडा नम्बर -४ काँडा र वडा नम्बर -५ साकिममा शाखाका सदस्य तथा स्थानीयहरुमा डढेलो रोककथाम सम्बन्धि छलफल गरिएको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रूकुमकोट शाखाका प्रमुख गाेपि भुल ले जानकारी दिनुभएको छ । प्रमुख भुलका अनुसार बिशेषगरि आगलागीबाट कसरी बच्न सकिन्छ । आगलागीबाट हुनसक्ने क्षति । आगलागी हुन नदिन के कुरामा ध्यान दिनुपर्छ लगायतका कुराहरूमा छलफल गरिएको छ ।

नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रूकुमकोट शाखाका प्रमुख गाेपि भुलकाे प्रमुख उपस्थितिमा भएको उक्त `आगलागीबाट बचाैं´ भने प्रमुख बिषयमा छलफल तथा जनचेतनामूलक कार्यक्रम शाखाका कर्मचारी नैन बाहाेरा तथा स्थानीयहरुकाे उपस्थित रहेको थियो ।

Facebook Comments