• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
आधारभूत विद्यालय बालमन्दिरको वृद्धि विकासका बिषयमा छलफल




घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित आधारभूत विद्यालय बालमन्दिरको वृद्धि विकासका बिषयमा छलफल कार्यक्रम गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर बुढाथोकीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं वडा नम्बर १४ का अध्यक्ष भानसिं बुढाको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरि विद्यालयको भौतिक, शैक्षिक विकासका बिषयमा समीक्षासँगै आगामी कार्य योजनाका बिषयमा छलफल भएको हो ।

साथै नगरको आर्थिक सहयोगमा ५ लाख रुपैयाँको लगानीमा बनाईएको गेटको समेत उद्घाटन गरिएको छ । विद्यालयका प्रख विष्णु भण्डारीले विद्यालयको अबस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उक्त विद्यालयमा बौद्धिक अपांगता भएका बालबालिकाहरुले अध्ययन गर्दै आएका छन् ।

Facebook Comments