दिनेस रैदास
दाङ । नेकपा (मसाल ) को नबौ महाधिवेशनको घोषणा , ऐतिहासिक तीन अभियानको समापन तथा १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिबस समेतको कार्यक्रम नेकपा मसाल दाङको आयोजनामा नेपाल पत्रकार महासंघको सभाहल दाङको घोराहीमा सम्पन्न भएको छ ।
नेकपा मसालको प्रतिनिधि भरत भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति पार्टीको लुम्बिनी प्रदेश प्रबक्ता तिलक जिसीले पार्टीको नबौ महाधिवेशनल ऐतिहासिक रूपमा सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार राष्ट्र राष्ट्रियताको विषयमा के कस्ता नीतिहरू अपनाउँदै आएका छन् र ती नीतिहरूले के र कस्ता प्रभावहरू पारेका छन् त्यस दौरानमा कम्युनिस्ट पार्टीको इतिहासमा वैचारिक पक्षमा के कस्ता खराबीहरु आए खराबी पक्षहरुमा कम्युनिस्ट पार्टीले वैचारिक संघर्ष गर्नुपर्यो। त्यसको समीक्षा व्याख्या विश्लेषण सीमित मान्छे अगाडि मात्र रहनुभएन। हाम्रो पार्टीको उद्देश्य आम जनताको बीचमा जाने भन्ने हो । कम्युनिस्ट पार्टीको लक्ष्य ीति नियमलाई आम जनताको बीचमा पुर्याउने।
त्यसैगरी कार्यक्रममा वोल्दै राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले पार्टीको तीन ऐतिहासिक अभियान भनेको पार्टीले एक वर्ष अगाडि आजैको समयमा ऐतिहासिक तीन अभियानको उद्घाटन गरेको थियो। ऐतिहासिक तीन अभियान मध्य पहिलो पार्टीको नवौं महाधिवेशन सम्पन्न गर्ने , लेनिनको सताब्दी अथवा स्मृति दिवस र पार्टीका हीरक जयंती आज पार्टीको तीन ऐतिहासिक अभियान समापन कार्यक्रम छ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य कमला जिसी, जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरूङ, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम अखिल नेपाल किसान महासङ्घ दाङ्ग जिल्ला अध्यक्ष ऋषिराम पौडेल , जातिय समतासमाज दाङ जिल्ला अध्यक्ष सूर्यलाल नेपाली, तराई मधेश जनवादी मोर्चा जिल्ला सदस्य रामफकिरे रैदास, अखिल नेपाल शिक्षक सङ्घ केन्द्रीय सदस्य लालबहादुर भण्डारी, अखिल नेपाल किसान सङ्घ दाङ जिल्ला अध्यक्ष रुमाल प्रसाद बसेल, अखिल (छैठौँ) दाङ जिल्ला सचिव दिनेश रैदास, अखिल नेपाल बुद्धिजीवी संघ केन्द्रीय सदस्य केशवराज खनाल, मूल प्रवाह पूर्व अध्यक्ष दुर्गा वहादुर केसी , अखिल नेपाल महिला सङ्घ कृष्णा राना, अखिल नेपाल युवक सङ्घ दाङ जिल्ला उपाध्यक्ष लेखराज आचार्य, अखिल नेपाल कानुन व्यवसायी सङ्घ कृष्ण आचार्य, रक्तिम सांस्कृतिक अभियान दाङ जिल्ला सदस्य विक्रम पाण्डे र अखिल नेपाल उद्योग व्यापार संघ दाङ जिल्ला सचिव हरि खरेल लगायतको अतिथ्यता रहेको थियो।
कार्यक्रममा अबधाराणपत्र प्रमुख अथिति नेकपा मसाल लुम्बिनी प्रदेश प्रबक्ता तिलक जिसीले प्रस्तुत गर्नुभएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।