• २८ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ट्रेड युनियन महासंघ रोल्पाले मनायो १३५ औं अन्तरास्ट्रिय श्रमिक दिवस




लिवाङ । नेकपा कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट मोर्चा अखिल नेपाल ट्रेड युनियन महासंघ रोल्पाले १३५ औं अन्तरास्ट्रिय श्रमिक दिवस मनाएको छ ।

महासंघले सामाजिक सुरक्षा सुनिश्चित र जीवन धान्ने यथेष्ट पारिश्रमिकसहित स्वदेशमा नै श्रम गर्ने प्रोत्साहन गरौँ आउट सोर्सिङ –ठेकेदार प्रथा र श्रम ऐनका मजदुर विरोधी दफाहरू खोरजीको माग गरौं भन्ने मुल नाराका साथ उक्त दिवस भव्य रूपमा बुधबार लिवाङमा मनाएको हो ।

अखिल नेपाल ट्रेड युनियन महासंघ रोल्पाका सचिव खुमा पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष तथा रोल्पा जिल्ला इन्चाज पवित्रा पुनले सबै मजदुरहरूले आफ्नो हकअधिकार लिनको लागि सबैले गोलबन्द हुन आवश्यक रहेको बताउनुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नेकपा कम्युनिस्ट पार्टी माओवादी केन्द्र रोल्पाका पार्टी सचिव पुर्ण बहादुर वली , नेकपा कम्युनिस्ट पार्टी माओवादी पार्टी नगर अध्यक्ष फविन्द्र आचार्यलगायत समाजसेवी व्यापारी कर्मचारी पत्रकार, साहित्यकार, कलाकार लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण ट्रेड यूनियन महासंघ रोल्पाका सदस्य खुम बहादुर सुनारले गर्नुभएको थियो।

Facebook Comments