• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सन्दर्भ अन्तराष्ट्रिय श्रमिक दिवस : अपांग तथा दृष्टिविहीन परिवारलाई खाद्यान्न सहयोग




घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङले अपांग तथा दृष्टिविहीन परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । महासंघले आज १३५ औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर घोराही–१४ सुकुम्बासी शान्ति टोलमा बस्दै आइरहेका कृष्ण नेपाली र सीता नेपालीको परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको हो ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङका अध्यक्ष दिनेश सी र महासंघका केन्द्रिय सदस्य खिमबहादुर सीको अगुवाइमा तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीव्यूरो इञ्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्य सम्झना सीको विशेष उपस्थितिमा श्रमिक दिवसको अवसर पारेर अपांग भएका कृष्ण नेपाली र दृष्टिविहीन सीता नेपालीको परिवारलाई राहत स्वरुप २५ किलो चामल र २५ किलो गहुँ हस्तान्तरण गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीव्यूरो इञ्चार्ज सविन सीले १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दैै श्रम गर्ने श्रमिकप्रति नेपालमा अहिले पनि सम्मान नभएको बताए । उनले श्रमिक वर्गले गरेको काम खाने तर श्रमिक वर्गले गरेको कामप्रति हेपाहको दृष्टिले हेर्ने नेपाली समाज रहेको उद्घोष गरे । नेपालमा समाजवादी व्यवस्था आएपछिमात्र श्रमिक वर्गको मुक्ति हुने भन्दै त्यसको हामीले संघर्ष गर्नुपर्ने र श्रमिक वर्गको आत्म सम्मान श्रमिक वर्गले एक पटक संघर्ष गर्नुपर्ने नेता सविनको भनाइ छ ।

ट्रेड युनियन महासंघ केन्द्रिय सदस्य खिमबहादुर सीले अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै समाजवादी नीति अनुसार आफैले उत्पादन गरेको चालम र गहुँ सहयोग गरेको बताए । सहयोग साना किन नहोस् तर वास्तविक असहाय, अपांग, दृष्टिविहीन, अशक्तहरुलाई पहिचान गरेर राहत वितरण उनको जोड थियो ।

Facebook Comments