दाङ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सल्लाहकारमा सुरेश गौतम नियुक्त हुनुभएको छ । अर्थमन्त्रालयमा बसेर काम गर्नेगरी मुख्यमन्त्री जोखबहादुर महराले गौतमलाई आर्थिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।
घोराही उपमहानगरपालिका–१२ निवासी गौतम आर्थिक क्षेत्रको विज्ञ मानिनुहुन्छ । व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएका गौतम अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको सचिवालयमा रहेर कार्य अनुभव संगाली सक्नुभएको छ ।
यसैबीच गौतमलाई मंगलबार अर्थमन्त्री चेतनारायण आचार्यले मन्त्रालयमा स्वागत गर्नुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।