• ८ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कक्षा १२ को परीक्षामा ग्रुप म्यासेन्जरबाट चिटिङ




गणेश आचार्य
दाङ । कक्षा १२ को परीक्षा बैशाख १४ गतेदेखि देशैभर एकैसाथ चलिरहेको छ । परीक्षा मर्यादित तरीकाले चलिरहेको छ भने कतै लापरवाहीको पराकाष्ठा छ । परीक्षा अमर्यादित भएको पाइएपछि तुलसीपुर उपमहानगरपालिकाले परीक्षा केन्द्रको अनुगमनलाई तीव्र बनाएको छ ।

मेयर टिकाराम खड्काको नेतृत्वमा छुट्टाछुट्टै टोली अनुगमन र निरीक्षणमा छ । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार हालसम्म करिब ४३५ थान मोबाइल बरामद गरिएको छ । निरीक्षणका क्रममा हालसम्म सबैभदा धेरै तुलसीपुरमा उत्कृष्ट मानिने ज्ञानज्योती माविका बिद्यार्थीबाट चिट चोर्न प्रयोग गरिएका मोबाइल बरामद भएका छन् ।

ज्ञानज्योतीका बिद्यार्थीले महेन्द्र मावि,गुरुजजुर मावि रक्षाचौर मावि र जनता संस्कृत मावि बिजौरी सहित तीनवटा केन्द्रबाट परीक्षा दिइरहेका छन् । ती मध्य पहिलो दिन महेन्द्र मावि केन्द्रबाट १२८ थान ,दोस्रो दिन गुरुजजुर मावि रक्षाचौर केन्द्रबाट १९ थान र तेस्रो दिन जनता संस्कृत मावि बिजौरी केन्द्रबाट १०६ थान गरी २५३ थान मोबाइल ग्रुप म्यासेन्जरमा चिट चोर्दाचोर्दै बरामद गरिएको छ ।

शिक्षा शाखा प्रमुख भण्डारीका अनुसार तुलसीपुरका परीक्षा केन्दूमा शिक्षकले नै फेसवुक म्यासेन्जरमा ग्रुप बनाई प्रश्नका उत्तर पठाउने गरेका छन । उक्त ग्रुपमा परीक्षार्थीलाई समेत जोडिएको छ । परीक्षार्थीले म्यासेन्जर ग्रुपमा आएको प्रश्न उत्तर उत्तर पुस्तीकामा सार्ने गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले ग्रुप म्यासेन्जरमा आएका प्रश्न उत्तर,ग्रुप एडमिन र प्रश्नको उत्तर लेख्ने शिक्षकका बारेमा प्रमाण सहित प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलाई जानकारी गराएको छ ।

 

 

Facebook Comments