• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्धोपन न्यूनिकरणका लागि सहयोग गर्ने जनप्रतिनिधिहरुको प्रतिवद्धता




रुकुम । जनप्रतिनिधिहरुले पालिकाभित्र रहेको अन्धोपन न्यूनिकरणका लागि साझेदारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले उज्यालो अभियानलाई सार्थकता दिन सवै किसिमका सहयोग गर्ने समेत बताए ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको आयोजनामा भएको कार्यक्रममा सहभागी रुकुम पूर्वका पालिकाहरुका जनप्रतिनिधिहरुले सो कुरा बताएका हुन् ।

हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले पालिका भित्रको अन्धोपन न्यूनिकरण गर्ने आफुहरुको पनि जिम्मेवारी रहेका बताए ।

आँखा उपचार केन्द्र रुकुम पूर्व सहयोग समितिका संयोजक बलबहादुर थापाको अध्यक्षता तथा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख आतिथि रेग्मीले निःशुल्क स्वास्थ्य उपचार सेवा संविधानले समेत सुनिश्चीत गरेको भन्दै त्यसमा पनि आँखा जस्तो सम्वेदन शिल कुरामा आफुहरुले सहयोग गर्ने बताए । “ पालिकामा रहेको अन्धोपन न्यूनिकरण गर्न हामी सवैको साथ र सहयोग हुने छ —उनले भने । ” त्यस्तै रेग्मीले आँखा स्वास्थ्य सेवामा आफुहरुले साझेदारी गरि अगाडि बढने प्रतिवद्धता समेत व्यक्तगरे । “ हाम्रो गाउँपालिकामा रहेको अन्धोपन न्यूनिकरण गर्न हामीहरुले कति बजेट लाग्छ त्यो आगामी दिनमा व्यवस्थापन गर्ने छौं उनले भने । ”

त्यस्तै सिस्ने गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शसिधर बुढा, भुमे गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष टेकबहादुर बुढाले जनतालाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने आफुहरुको दायित्व रहेको भन्दै आगामी दिनमा आफुहरुले पनि यसमा हातेमालो गर्ने बताए । उनले पालिकामा रहेको दृष्टिविहिन्ताको समस्यालाई साझेदारी मार्फत समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । एनएवीपी नर्वेको आर्थिक सहयोगमा भएको कार्यक्रममा सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मगलसिंह बुढाले पालिकाबाट हुन सक्ने सवै सहयोग आफुहरुले गर्ने बताए ।

छलफल कार्यक्रममा मानवीय सेवाको सबैभन्दा महत्वपूर्ण सेवा भनेकै आँखा उपचार सेवा भएको भन्दै सहभागी जनप्रतिनिधिहरुले आँखा उपचार सेवामा स्थानीय तह, संघसंस्थालगायतको समन्वय र साझेदारी आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले रुकुम पूर्वका सिस्ने, भुमे, पुथा उत्तरगंगा गाउँपालिका सहित लुम्विनीप्रदेश तथा नेपालभरकै आंखा रोगीहरुको तथ्यांक र नेत्रज्योती संघले आंखा स्वास्थ्यका सन्दर्भमा खेल्दै आएको भुमिकाको तथ्यांक प्रस्तुत गरेका थिए ।

साथै उनले राष्ट्रिय स्वास्थ्य निति र स्थानीय सरकारको स्वास्थ्य सम्वन्धी दाायित्वको विषयमा जनप्रतिनिधिहरुलाई प्रकास पारेका थिए ।

कार्यक्रयमा राप्ती आँखा अस्पतालका निमित्त प्रशासक सालिकराम गौतमले आँखा अस्पतालले दिएको सेवाको विषयमा जानकारी दिएका थिए । कार्यक्रममा रुकुम पूर्वका सिस्ने गाउँपालिका भुमे र पुथा उत्तरगंगा गाउँपालिका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Facebook Comments