• ८ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टरीगाउँ विमानस्थल विस्तार गर्न कपास विकास समितिको जग्गा नागरिक उड्यनलाई दिने तयारी




गणेश आचार्य
तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले टरीगाउँ विमानस्थल विस्तारकालागि नागरिक उड्यन प्राधिकरणलाई जग्गा उपलब्ध गराउने भएको छ ।

उपमहानगरको २१औँ कार्यपालिका बैठकले कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्ने निर्णय गरेको मेयर टिकाराम खड्काले जानकारी दिए । मेयर खड्काका अनुसार नागरिक उड्यन प्राधिकरणले कपास विकास समितिको जग्गा आफूले पाएमा विमानस्थल बिस्तार गर्न सकिने लिखित आशय व्यक्त गरेको थियो । प्राधिकरणको माग बमोजिम उपमहानगरले टरीगाउँ विमानस्थलदेखी दक्षिणतर्फ रहेको कपास विकास समितिको तीन बिगाह जग्गा हकभोग अधिकार सहित नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्न भूमी व्यवस्था कशाखालाई निर्देशन दिएको छ ।

टरीगाउँ विमानस्थलको रनवे हाल ७ सय ५० मिटर मात्रै छ । रनवे कम भएका कारण यहाँ टुइनेटर विमान मात्रै बस्ने गरेका छन् । तर,ती बिमानको उडान नियमित छैन् । उडान नियमित नभएपछि दाङ लगाएत साविक राप्ती अन्चलवासी हवाई सेवाकालागि नेपालगन्ज र भैरहवा जान बाध्य छन् ।

तुलसीपुर उपमहानगरले नागरिक उड्यन प्राधिकरणलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघी बढाएसँगै रनवे बढाएर १८ सय मिटर पु¥याउने लक्ष्य राखिएको उपमेयर स्यानी चौधरीले जानकारी दिइन् । उपमेयर चौधरीका अनुसार कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गरी विमानस्थलदेखि उत्तर तर्फको जग्गा अतिग्रहन गरे रनवे १८ सय मिटर बनाउन सकिने डिपिआर नागरिक उड्यन प्राधिकरणले तयार पारेको छ । सोही डिपिआर बमोजिम काम गर्नेगरी तुलसीपुर उपमहानगरले संघीय सरकारबाट बजेट माग गर्ने लगाएतका काम अघी बढाएको छ ।

Facebook Comments