• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उन्नतिनगरलाई पूर्ण फोहोर वर्गीकृत टोल घोषणा




घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर स्थित उन्नतिनगर टोललाई पूर्ण फोहोर बर्गिकृत टोल घोषणाा गरिएको छ ।

संस्थाका अध्यक्ष मुक्तिराम भुसालको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, वाताबरण सरसफाई तथा विपद् व्यवस्थापन समितिका संयोजक भानसिं बुढा, वडा नम्बर १५ का सदस्य कृष्णा राना, सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारी, पशु तथा कृषि विकास शाखा प्रमुख श्रीधर अधिकारी लगाएत विभिन्न टोल विकास संस्थाका प्रतिनिधीहरु समेतको उपस्थितीमा उन्नती नगर लाई पूर्ण फोहोर बर्गिकृत टोल घाषणा गरिएको हो ।

नगर प्रमुख नरुलाल चौधरीले कार्यक्रममा सरसफाई नै सभ्याता र सुन्दरताको आधार भएको बताउनुभयो । गल्ने र नगल्ने फोहोरहरु उक्त टोलका नागरिकहरुले फरक फरक भाँडामा राख्ने छन् । गल्ने फोहोर ग्यास उत्पादनमा प्रयोग हुने छ भने नगल्ने फोहोर बिक्री गरिने छ ।

Facebook Comments