• ९ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
`बीमाकाे आवश्यकता श्रमजीवी वर्गलाई छ´- अध्यक्ष विष्ट




तुल बहादुर कवँर मगर
देउखुरी । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले बीमाको सबैभन्दा बढी आवश्यकता श्रमजीवी वर्गहरुलाई हुने बताउनु भएको छ।

नेपाल बीमा प्राधिकरणले साेमबार गाउँपालिकाकाे सभाहल मसुरीयामा आयोजना गरेको स्थानीय तह तथा सरोकारवालाहरूसँग बीमा प्रवर्द्धनात्मकसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले यस्तो बताउनुभएकाे हाे। उहाँले बीमाको पहुँच सरकारलेखि श्रमजीवी वर्गसम्म पुग्नुपर्ने बताउनुभयाे ।

त्यस्तै अध्यक्ष विष्टले बीमाकाे पहुँच विस्तार गर्न स्थानीय सरकार र बीमा क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयाे ।

बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राधिकरणका तथ्यांक निरीक्षक बसन्त बाेहाेराले नेपाल बीमा प्राधिकरणकाे काम,कर्तव्य,अधिकार ,बीमाले गर्ने रक्षावरण,बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएकाे थियो।

कार्यक्रममा राप्ती गाउँपालिका जनप्रतिनिधि, महिला समूह,वित्तीय संस्था,कृषि सहकारी संस्थाका प्रतिनिधि लगायत सञ्चारकर्मीहरुकाे सहभागीता रहेको थियो।

Facebook Comments