• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीले ल्यायो खसी बोका हाटबजार सञ्चालन




होलेरी । यस वर्षबाट रुन्टीगढी गाउँपालिकाकाको होलेरी कृषि हाटबजारमा खसी बोका हाटबजार संञ्चालनमा आएको छ । आइटबार एक औपचारीक कार्यक्रमका बिच खसी बोका बिक्री स्थल उद्घाटन गरिएको हो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाको सहकार्य एवं  रुन्टीगढी गाउँपालिकाको आयोजना तथा गाउँपालिकाका गैर सरकारी संघ संस्थाहरुको सहयोगमा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । आइटबारे उद्घाटन भएको बिक्री केन्द्रबाट किसानले ल्यायका ३२ खसी बोका बिकी्रबाट ५ लाख बराबरको आम्दानी भएको थियो ।

हाटबजारमा ल्याएर बिक्री गर्ने किसानलाई भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाले प्रति किलो २५ रुपैया थप गरेर दिने भएको छ । यसरी हाटबजार बाट खसी बोका बिक्री हुदा किसान ठगिनबाट पनि बच्ने र व्यापारी गाउँ गाउँमा घुम्नु पर्ने बाध्यता पनि अन्त्य हुने गाउँपालिका अध्यक्ष जनक पुनले बताउनुभयो ।

रोल्पामा पहिलो खसी बोका हाटबजार भएको बताउदै यसलाई दिगो बनाउन गरिने सहयोगमा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पा तत्पर रहेको कुरा उक्त कार्यालयका प्रमुख डा.शंकर न्यौपानेले बताउनुभयो । त्यसै गरि यस हाटबजारलाई दिगो बनाउन निकै चुनौतिपुर्ण भए पनि दिगो बनाउनको निम्ति भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र प्रतिबद्ध रहेको कुरा पनि उल्लेख गर्नुभयो ।

Facebook Comments