होलेरी । यस वर्षबाट रुन्टीगढी गाउँपालिकाकाको होलेरी कृषि हाटबजारमा खसी बोका हाटबजार संञ्चालनमा आएको छ । आइटबार एक औपचारीक कार्यक्रमका बिच खसी बोका बिक्री स्थल उद्घाटन गरिएको हो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाको सहकार्य एवं रुन्टीगढी गाउँपालिकाको आयोजना तथा गाउँपालिकाका गैर सरकारी संघ संस्थाहरुको सहयोगमा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । आइटबारे उद्घाटन भएको बिक्री केन्द्रबाट किसानले ल्यायका ३२ खसी बोका बिकी्रबाट ५ लाख बराबरको आम्दानी भएको थियो ।
हाटबजारमा ल्याएर बिक्री गर्ने किसानलाई भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाले प्रति किलो २५ रुपैया थप गरेर दिने भएको छ । यसरी हाटबजार बाट खसी बोका बिक्री हुदा किसान ठगिनबाट पनि बच्ने र व्यापारी गाउँ गाउँमा घुम्नु पर्ने बाध्यता पनि अन्त्य हुने गाउँपालिका अध्यक्ष जनक पुनले बताउनुभयो ।
रोल्पामा पहिलो खसी बोका हाटबजार भएको बताउदै यसलाई दिगो बनाउन गरिने सहयोगमा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पा तत्पर रहेको कुरा उक्त कार्यालयका प्रमुख डा.शंकर न्यौपानेले बताउनुभयो । त्यसै गरि यस हाटबजारलाई दिगो बनाउन निकै चुनौतिपुर्ण भए पनि दिगो बनाउनको निम्ति भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र प्रतिबद्ध रहेको कुरा पनि उल्लेख गर्नुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।