• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको मावि सौडियारमा पुग्ने अभिभावकलाई भत्ता




दाङ । दाङको एक सामुदायिक विद्यालयमा पुग्ने आभिभावकलाई भत्ता प्रदान गरिने भएको छ । जिल्लाको घोराही- ७ सौडियार स्थित माध्यमिक बिद्यालय सौडियारको बिद्यालय ब्यबस्थापन समितिले अभिभावकलाई भत्ता प्रदान गर्ने योजना अघि सारेको शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कवरले बताए ।

नयाँ शैक्षिकसत्र सुरु भएसँगै बिद्यालयले वर्षमा सबैभन्दा धेरै दिन विद्यालयमा पुग्ने अभिभावकलाई भत्तासहित सम्मान गर्ने योजना अघि बढाएको बिब्यस अध्यक्ष निशानदाजु भट्टराईले बताए । बिद्यालयका निमित्त प्रअ नन्दबहादुर वलिले सामुदायिक विद्यालयमा पुग्ने अभिभावकको हाजिरीको व्यवस्था गरिनेछ ।

पछिल्लो समय सामुदायिक विद्यालयको नतिजा खस्कदै गएको भन्दै शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यसहित यस्तो योजना अघि सारीएको शिक्षक अभिभाबक संघका अध्यक्ष कवरले बताए । सामुदायिक विद्यालयमा अभिभावक हाजिरी रजिस्टरको व्यवस्थासँगै सबैभन्दा धेरै दिन विद्यालयमा पुगेर आफ्ना सन्तानको पढाइप्रति चासो राख्नेलाई शैक्षिकसत्रको अन्तिममा केही रकम भत्तासहित सम्मान गर्ने कार्य अघि बढाईएको निमित्त प्रअ वलिले बताए ।

सामुदायिक विद्यालयप्रति अभिभावकको चासो निकै कम हुँदैगएको हुँदा विद्यालयले पत्राचार गर्दा पनि अभिभावकको कम उपस्थित हुने गरेको समस्यालाई चालु शैक्षिक शत्रदेखि समाधान गर्न र शिक्षक, विद्यार्थी र अभिभावकविच समन्वय गर्न यो योजना अघि सारीएको बिब्यस अध्यक्ष भट्टराईले बताए।विद्यालयले सोचेजस्तो गुणस्तरीय शिक्षा दिन र नतिजा हाँसिल गर्न नसकेकाले यस्तो पहल गरिएको हो । घोराही उपमहानगर वडा नम्बर ७ भित्र हाल एक माध्यमिक, एक प्राबी र एक आधारभूत र तह गरी तीन वटा सामुदायीक विद्यालय छन् ।

Facebook Comments