• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उवासंघको व्यवसायिक सचेतना कार्यक्रम : एकै दिन १९ जनाले गरे नवीकरण




गोविन्द खड्का
घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघले सञ्चालन गरेको व्यवसायीक सचेतना कार्यक्रममा आइतवार घोराही बजारका १९ जनाको नविकरण र एक जना नयाँ सदस्य बनेको  संघका सहकोषाध्यक्ष एवं सदस्यता तथा कोष बृद्धि उपसमिति संयोजक माधव खनालले जानकारी दिनुभयो ।

सचेतनामा बरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, उद्योग उपाध्यक्ष धु्रर्वकुमार गहतराज, बस्तुगत सदस्य विष्णुप्रसाद रिजाल, बाणिज्य सदस्य रुद्र जैशी, निमबहादुर बुढाथोकि र पुष्कर न्यौपाने लगाएतको सहभागिता थियो ।

वयसैगरी शुक्रवार अटोभिलेजमा सचेतना कार्यक्रम चलाइएको थियो । त्यहाँ एक सय ५६ पसलमा टोलि पुगेको थियो । त्यस क्रममा २९ ले नविकरण र तिन वटाले नयाँ सदसयता लिएका थिए । सचेतना कार्यक्रम सोमवार स्थगित भएको र मंगलवार देखि पुनः चल्ने संयोजक खनालले जानकारी दिनुभएको छ ।

Facebook Comments