देउखुरी । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा पालिकास्तरीय सहकारी सञ्जाल गठन गरिएको छ ।
राप्ती गाउँपालिका सहकारी शाखाकाे आयोजनामा आइतबार पालिकामा भएको भेलाले तारा प्रसाद भुसालको संयोजकत्वमा नाै सदस्यीय पालिका स्तरीय सहकारी सञ्जाल गठन गरेको हाे।
जसको उप संयाेजकमा हिमाली न्याैपाने र सचिवमा ऋषिराम खनाल चयन हुनु भएको छ। त्यस्तै सदस्यहरूमा विष्णु गुरुङ,प्रेमलाल चाैधरी,सीता पाेख्रेल,भिम बहादुर चाैधरी,कुसुम चाैधरी र दल बहादुर घर्ती रहनु भएको छ।
नव गठित सञ्जालले पालिकाको सहकारी अभियानलाई सशक्त, व्यवस्थित र सुधृढ बनाउन भुमिका खेल्ने जनाइएको छ ।
संघीय संरचना अनुसार जिल्लामा पालिका स्तरीय संरचना निर्माण भइरहेको जिल्ला सहकारी संघ दाङका महासचिव शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।
काम गर्नका लागि सहज होस भनेर जिल्लामा पालिका स्तरमा पनि संरचना निर्माण थालिएको उहाँको भनाई छ ।
कानुनमा जिल्ला स्तर सम्ममा मात्र संरचना रहने व्यवस्था भएपनि जिल्लामा नौलो अभ्यास सुरु गरिएको उहाँले बताउनुभयो ।
कानुनी रुपमा स्थानीय स्तरमा पनि संरचना रहनुपर्छ भनेर आफुहरुले जिल्लामा यस प्रकारको संजाल गठन गरेको उहाँले बताउनुभयो ।
जिल्लाका दश स्थानीय तह मध्ये हाल सम्म चार वटा स्थानीय तहमा सञ्जाल गठन भइसकेको जिल्ला सहकारी संघ दाङले जनाएको छ ।
यसैबीच राप्ती गाउँपालिका र पालिका अन्तर्गत रहेका सहकारी संस्थाका पदाधिकारी बीच अन्तरक्रिया तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीकाे कार्यालयका अधिकृत भिमराज पाेख्रेल र जिल्ला सहकारी संघ दाङका महासचिव शुक्रराज भण्डारीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकमा बाेल्ने वक्ताहरुले सहकारीको विकास बिना राष्ट्रकाे आर्थिक विकास सम्भाव नहुने बताउनुभएको थियो ।
त्यस्तै उहाँहरुले सहकारी संस्थाहरु समुदाय केन्द्रित भई निम्न आर्थिक स्तर भएका नागरिकहरुकाे जीवनस्तर परिवर्तन गर्न सक्नुपर्ने कुरामा जाेड दिनुभएको थियो।
बैठकमा लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीकाे कार्यालयका अधिकृत भिमराज पाेख्रेलले सहकारी ऐन नियमको बारेमा सहभागीहरुलाई जानकारी समेत गराउनु भएको थियो ।
गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाका पदाधिकारीहरुकाे सहभागीता रहेको कार्यक्रमकाे सहजीकरण राप्ती गाउँपालिका सहकारी शाखाका प्रमुख दामोदर आचार्यले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।