• १ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुरमा आगलागी हुँदा २५ बढी घर-गोठ जलेर नष्ट




दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँमा भीषण आगलागी हुँदा २५ बढी घर-गोठ जलेर नष्ट भएका छन् ।

जंगल र खर बारीबाट आएको आगोले गाउँनै सखाप हुने गरेर आगामी भएको छ । कुल २७ घरमध्ये अहिलेसम्म २५ घरमा आगलागी भएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए । अध्यक्ष बुढाथोकीले भने हामी अहिले हाडबासको गाउँमै छौं । हाम्रो अगाडीनै घर-गोठहरु जलिरहेका छन् । गोठहरु कति जलेका छन् गिन्टी नभएको,तर २५ घर जलेर नष्ट भएको अध्यक्ष बुढाथोकीले बताए ।

टिनले छाएका घरहरु केही मात्रामा जोगिएका छन् भने खरले छाएका घर,गोठहरु सबै जलेर नष्ट भएको छ ।डमकल पुग्ने बाटो नभएको कारण तत्काल आगो नियन्त्रणमा लिउन नसकिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

त्यस्तै उनले पालिकाबाट आजै अग्नि पीडितहरुलाई खाद्यान्न स्वरुप राहत प्रदान गर्ने बताएका छन् । साथै अध्यक्ष बुढाथोकीले नेपाल रेडक्रस सोसाइटी र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र,भिटा परियोजनालाई राहत संकलन कार्य तिर लाग्न आग्रह गरेको समेत बताए ।

त्यस्तै अहिले आगलागी भएको स्थलमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयबासीहरुको सक्रियतामा कुवाको पानीमा मोटर जडान गरि आगो निभाउने कार्य भइरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख (प्रहरी निरीक्षक)नवीन वलीले जानकारी दिए ।

Facebook Comments