• ८ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती प्रतिष्ठानमै गरिन्छ अत्याधुनिक प्रविधिले क्यान्सर परीक्षण




दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो संख्यामा क्यान्सर परिक्षण गरिएको छ । प्रतिष्ठानमा अत्याधुनिक प्रबिधिको माध्यमबाट क्यान्सर परिक्षण गर्न सुरु गरिएको छ ।

प्रतिष्ठानका अनुसार एक हजार बढी विरामीको क्यान्सर भए नभएको बारेमा परीक्षण गरिएको छ । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले प्रतिष्ठानमा सेवा लिन आएका १ हजार ५ सय ९९ जना विरामीहरुको क्यान्सर भए नभएको पत्ता लगाउन परीक्षण गरीएको जानकारी दिनुभयो ।

प्रतिष्ठानमा २०७९ साल फागुनदेखी हिष्टो प्याथोलोजि(वायोप्सी) परीक्षणको सेवा सुरु भएको थियो । प्रतिष्ठानमा कार्यरत प्याथोलोष्टि डा. मधु सिग्देलले अघिल्लो बर्षको फागुनदेखी हाल चैत सम्म ९ सय ५७ जना विरामीले हिष्टो प्याथोलोजिको सेवा लिएको बताउनुभयो । विरामीको अप्रेसन गर्नेक्रममा मासुको सानो भाग निकालेर क्यान्सर भए नभएको पत्ता लगाउन हिष्टो प्याथोलोजि गर्ने गरिन्छ । त्यस्तै उहाँका अनुसार गएको बैशाखदेखी चैत महीनासम्ममा सुइको माध्यमवाट क्यान्सर भए नभएको पत्ता लगाउन ३ सय ९८ जना विरामीको वायोप्सी परीक्षण गरीएको छ ।

टिचिङ हस्पिटल काठमाण्डौवाट प्याथालोजिमा एम डि पास गरेका डा. सिग्देलले गएको बैशाखदेखी चैतसम्म पाठेघरको मुखको क्यान्सर भए नभएको पत्ता लगाउन २ सय ४४ जना परीक्षण गरीएको जानकारी दिनुभयो । उहाँसंगै काठमाण्डौ मेडिकल कलेजवाट प्याथोलोजिमा एमडी पास गरेका डा. समिर मजगैँयासहितको स्वास्थ्यकर्मेव, नर्शसहितको टोलीले वायोप्सी परीक्षण गर्दै आइरहेको छ ।

Facebook Comments