• १ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरीमा खसी बोका कृषि हाटबजार सञ्चालन हुँदै




होलेरी । रोल्पाको होलेरी कृषि हाटबजारमा यस वर्षबाट खसी बोका हाट बजार सञ्चालनमा आउने भएको छ । यस वर्ष सञ्चालन हुन लागेको खसी बोका कृषि हाटबजार आज ११ बजे उद्घाटन हुने भएको छ ।

होलेरीमा गतवर्ष देखि कृषि हाटबजार सञ्चानमा आएको हो । गर्त बर्ष कृषि उपज तरकारीको बजारीकरण भएकोमा यस वर्षबाट खसी बोका को पनि बजारीकरण गरि कृषकलाई मनग्य आम्दानीमा जोड्ने उदेश्यका साथ हाट बजार सञ्चानमा ल्याउन लागिएको रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिनुभयो ।

गर्ष वर्षको कृषि हाटबजारबाट रुन्टीगढीका कृषकले राम्रो आम्दानी गरेपछि अहिले फेरी उक्त हाटजजारमा खसी बोकाको पनि हाटबजार सञ्चालनमा ल्याउन लागिएको छ ।
त्यस्तै यस हाटबजार सफल भएपछि यस वर्षबाट रुन्टीगढी गाउँपालिका वडा न ४ को सुर्पालमा समेत हाटबजार सञ्चालनमा ल्याउन लागिएको छ ।
रुन्टीगढी गाउँपालिका तथा गाउँपालिकामा रहेको गोल परियोजना लगाएत संघ सस्थाको सहयोग सञ्चालन हुने हाटबजारको रुन्टीगढी गाउँपालिकाको पशु शाखाले सहजीकरण गरेको छ ।

Facebook Comments