• ३१ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीको कुर्जामा अस्थायी प्रहरी पोष्ट स्थापना




रोल्पा । रुन्टीगढी गाउँपालिका -८ स्थित कुर्जामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । शनिबार एक औपचारीक कार्यक्रम गरि अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिएको हो ।

रोल्पाको रुन्टीगढी गाउँपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका जोड्ने बिजैरीदेखि होलेरीसम्म सडक सञ्चालन भएको लामो समय भइ सक्दा समेत यो सडको कुनैपनि ठाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना हुन सकेको थिएन । उक्त सडकको कुनै पनि ठाउँमा अस्थायी प्रहरी पोष्ट नहुदा सुरक्षा व्यवस्थामा निकै कमजोर हुंँदै आएको थियो ।

यो सडक चुरे पहाडको बिच भागको खोजबाट जोडिएको हुदा सुरक्षाको हिसाबले निकै दैनिय देखिन्थ्यो । वरिपरि डाडा काँडा खोजमा गुहार खोली खोला किनारमा नाग बेली सड्क बिच बिचमा अनकन्टार भुभाग कतै घना जङगल रहेको ठाउँमा प्रहरी पोष्ट भने रहेको थिएन ।

प्रहरी पोष्ट नहुदा जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता यात्रीहरुको थियो । यस स्थानमा प्रहरी पोष्ट नहुदा भने कतै अप्रिय घटना घटेपनि विवरण आउन निकै समय लाग्ने गर्दथ्यो । यसै कुरालाई मध्यनजर गरेर बिभिन्न समयमा रुन्टीगढी गाउँपालिका ८ कुर्जा भन्ने स्थानमा प्रहरी पोष्ट राख्न ताकेता गर्दै आइ रहे पनि स्थापना हुन सकेको थिएन ।

यसै क्रममा उक्त स्थानमा प्रहरी पोष्ट राख्न रुन्टीगढी गाउँपालिकाले कार्यपालिका बैठकमा पोष्ट स्थापना गर्न कार्यपालिकामै प्रस्ताब अघि बढाएको थियो । कार्यपालिकाबाट पोष्ट स्थापना गर्नको लागि बैठकबाट निर्णयबाट पारित भएको थियो ।

शनिबार गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षता तथा रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीको प्रमुख आतिथ्यता, सुरक्षा निकायका प्रमुख बिभिन्न राजनितिक दलका प्रतिनिधि, वडाका जन प्रतिपिनधि, समाजसेवी, पत्रकार, स्थानीय लगायतको उपस्थितिमा उद्घाटन भएको थियो ।

 

Facebook Comments