• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही मेयरकपको उपाधी १५ लाई




दाङ । घोराही मेयर कपको उपाधि १५ नम्बर वडाले हात पारेको छ । साविक विजेता १५ ले यसपटकल पुनः यो प्रतियोगीताको उपाधि हात पारेको हो । शनिबार घोराही गुलरिया स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ ले वडा नम्बर १८ लाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको वडा नम्बर १८ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । जसमा मनोज पुन मगरले २० रनको योगदान गरे भने अविनाशजंग रानाले १७ रनको योगदान गरेका थिए ।

९९ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर १५ ले ११.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । १५ नम्बरका लागि ओपनर व्याट्स म्यान बिसम थापाले ४९ रनको योगदान गरे भने शिशिर डाँगीले ३१ रनको योगदान गरे । प्रतियोगीताको म्यान अफ द म्याच बिसम थापा भएका थिए । यसैगरि प्रतियोगतिा अवधिभर उत्कृष्ट बलिङ गरेका किसन भारती बेस्ट बलर, शिशिर डाँगी बेस्ट ब्याट्स म्यान र म्यान अफ द सिरिज बिसम थापा घोषित भएको प्रतियोगीताका संयोजक देव भण्डारीले जानकारी दिए ।

प्रतियोगीताको विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेता समूहले २५ हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । प्रतियोगीतामा १२ समूह सहभागी थिए ।

Facebook Comments