• १ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गल्ला तथा किराना व्यवसायी समितिको १३ औं साधारणसभा




गोविन्द खड्का
घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्तर्गतको गल्ला तथा किराना व्यवसायी समितिको १३ औँ साधारणसभा शनिवार बाह्रकुने दहमा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष विनोद पाण्डेयको अध्यक्षता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशिको प्रमुख आतिथ्यमा भएको थियो ।

सो अवसरमा विशिष्ट अतिथि समितिका संस्थापक अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष नारायणप्रसाद भुषाल, समितिका निवर्तमान अध्यक्ष उपेन्द्र खड्का, समितिका सल्लाहकार मंगल गिरी, युगवोध राष्टिय दैनिकका सन्तोष खनाल, प्यलाष्टिक व्यवसायी समितीका अध्यक्ष खेमराज भण्डारी, नेपाल बजार विक्री प्रतिनिधि संघका नवराज शापकोटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रगति प्रतिवेदन सचिव सुरज सुवेदिले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष घनश्याम खनालले प्रस्तुत गर्नुभएको थियो ।

युगवोध कर्मी सन्तोष खनाललाई सम्मान गरीएको थियो । समितिका सदस्य गोपाल खनालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रम सञ्चालन सचिव सुरज सुवेदिले गर्नुभएको थियो ।

Facebook Comments