• १ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भिक्टोरिया ट्युसनद्वारा बनभाेज कार्यक्रम सम्पन्न 




दाङ । घोराहीमा रहेको भिक्टोरिया ट्युसन सेन्टरले बनभाेज कार्यक्रम सम्पन्न गरेको छ । सेन्टरले शनिबार तुलसीपुरकाे गणेशपुर पार्कमा बनभोज कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ट्युसन सेन्टरमा अध्यानरत चौथो बर्षका बिद्यार्थी र शिक्षकहरुकाे उपस्थिति रहेकाे थिए ।

संस्थाका सञ्चालक कपिल केसीले पढाईका साथसाथै अतिरिक्त क्रियाकलाप पनि सहभागी गराउन सकेमात्र संस्थाले आफ्नो दायित्व पूरा हुन सक्ने बताउनुभएको थियाे ।

संस्थाले हरेक बर्ष यस्ता कार्यक्रम गर्दै आएकोमा यस बर्ष पनि कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन उक्त कार्यक्रम आयाेजना गरिएको कार्यक्रम संयाेजक बिद्यार्थी बिष्णु गाेराथाेकीले बताउनुभएको छ । गाेराथाेकीले कार्यक्रम सफल बनाउन सहयाेग गर्नुहुने बिद्यार्थी, संस्था, शिक्षक लगाएत सम्वन्धित सम्पूर्णलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद व्यक्त गर्नुभएको छ ।

बनभाेज स्थलमा नाचगान पार्कमा रमाइलो साथै महत्त्वपूर्ण बिषयमा छलफल गरि कार्यक्रम  समापन गरिएको थियाे । कार्यक्रममा करिब २५ जनाकाे सहभागीता रहेकाे थियाे ।

Facebook Comments