• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीद्वारा पशु विकास शाखा प्रमुख पाैडेल र लेखा अधिकृत शर्माको बिदाइ




तुल बहादुर कवँर मगर

देउखुरी । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकाले वरिष्ठ पशु विकास अधिकृतकाे रुपमा बढुवा भई कृषि तथा पशुपंछी विकास मन्त्रालय सिंहदरबार काठमाडौंमा जान लाग्नु भएका पशु विकास शाखा प्रमुख जिवराज पाैडेल र अनिवार्य अवकाश प्राप्त गर्नु भएका लेखा अधिकृत धनप्रसाद शर्मालाई बिहिवार एक कार्यक्रमकाे आयोजना गरि बिदाई गरेको छ।

पालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले पाैडेल र शर्मालाई टीका,फूलमाला तथा सम्मानपत्र प्रदान गरि बिदाई गर्नुभएको हाे।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा भएको उक्त बिदाई कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले स्थानीय तहमा काम गर्दा विभिन्न चुनाैतीहरु आउने चर्चा गर्दै त्यसलाई सफलतापूवर्क पार गरि पाैडेल र शर्माले इमान्दार कर्मचारीका रुपमा आफूहरुलाई प्रमाणित गरेको बताउनुभयाे ।

त्यस्तै अध्यक्ष विष्टले हरेक कार्यालयमा उहाँहरु जस्तो कर्तव्यबोध, ईमान्दार र लगनशील कर्मचारीकाे आवश्कता रहेकाे कुरा समेत औल्याउनुभयाे।

गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले पालिकामा
सेवा अवधिभर दुबै जनाले निकै उत्कृष्ट कार्य गरेको बताउदै आगामी दिनमा समेत पालिकाकाे विकास र समृद्धिकाे लागि सहयोग अपेक्षा गर्नुभयाे।

सेवा अवधिभर जनताकाे कामलाई सधै प्राथमिकतामा राखेर कहिलै कसैको गुनासो नआउने गरि उत्कृष्ट कार्य सम्पादन गरेको बताउदै प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले उहाँहरु बाट पालिकाले धेरै कुराहरू अनुसरण गर्नु पर्ने बताउनुभयाे ।

त्यस्तै बढुवा भई जान लाग्नुभएका पशु विकास शाखा प्रमुख जिवराज पाैडेल र अनिवार्य अवकाश प्राप्त गर्नु भएका लेखा अधिकृत धनप्रसाद शर्माले सेवा अवधिभर आफूहरु सदैब जनता र राष्ट्र प्रति कर्तव्यनिष्ठ, इमानदार, लगनशील र निष्पक्ष भएर सेवा प्रवाहमा प्रयत्नशील रहेको बताउनुभयाे।

वि.सं.२०६७ साल देखि नेपाल सरकारको निजामती सेवामा प्रवेश गर्नु भएका पाैडेल करिब २ वर्षदेखि राप्ती गाउँपालिकाकाे पशु विकास शाखा प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो भने वि.सं. २०४५ साल देखि नेपाल सरकारको निजामती सेवामा प्रवेश गर्नु भएका शर्मा करिब ५ वर्षदेखि राप्ती गाउँपालिकाकाे लेखा अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो।

गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले सहजीकरण गर्नुभएको उक्त बिदाई कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य तथा कर्मचारीहरुकाे सहभागीता रहेको थियो ।

Facebook Comments