• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ जिल्ला उद्योग वाणिज्य संघको सचेतना कार्यक्रम शुरु




गोविन्द खड्का
घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा विहिवार देखि व्यवसायीक सचेतना कार्यक्रम शुरु गरेको छ । संघका अध्यक्ष वसन्त जोशिले शुभारम्भ गर्नुभएको हो ।

सचेतना कार्यक्रममा सबैका ढाका ढोकामा पुगेर व्यवसायीका गुणासा सुन्ने र आवश्यक सेवा दिने सहकोषाध्यक्ष एवं सदस्यता तथा कोष बृद्धि उपसमिति संयोजक माधव खनालले जानकारी दिनुभएयो ।

टोलि सब्जीमण्डी, राप्ती टोलमा घरदैलो गरेको थियो । दिनदिन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । प्रमाणपत्र देखिने गरी राख्ने, समयमा नविकरण गर्ने, पान नम्बर देखिने गरी राख्ने लगाएत सिकाएको छ । पहिलो दिन ८० पसलमा पुगेर सेवा दिइएको संयोजक खनाललले बताउनुभयो ।

व्यवसायीलाई वुलेटिन र क्यालेन्डर वितरण गरीएको थियो । संघका सदस्य निमबहादुर बुढाथोकि, विष्णु रिजाल, नोर्बुृ तामाङ लामा र बामदेव न्यौपाने दिनभरी खट्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, महासचिव महेन्द्र बुढाथोकि लगाएतको सहभागिता थियो ।

Facebook Comments