• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
थवाङखोला निर्माणाधीन पक्की पुलको काम अलपत्र, ठेकेदार सम्पर्कविहीन




रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ६ मा रहेको थबाङ खोलामा निर्माणाधीन पक्की पुलको काम अलपत्र परेको छ। उक्त आयोजना पुस्पान्जली / पि . एस  / सुरत जे .भी , नौबस्ट, बाँकेले १८ महिनामा  निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। सो आयोजना भ्याट र पि. एस  सहित ३ करोड ४४ लाख ६६ हजार ९ सय ७५ रुपयाँमा २०७८ साल ५ महिना २५ गते ठेक्का सम्झौता भएको थियो। उक्त सम्झौता  बमोजिम २०७९ साल ११ महिना २५ गते काम सम्पन गर्नुपर्ने  थियो।

उक्त  चुन्बाङ –महत- खाबाङबगर जोड्ने थवाङखोला मोटरेबल पुलको काम नगरेर  ठेकेदार सम्पर्कविहीन भएपछि पुलको निर्माण कार्य अलपत्र परेको छ।पुलको निर्माण गर्ने समयको म्याद सकिएको एक बर्ष विति सक्दा पनि निर्माण कार्य ठप्प रहेको छ।

उक्त निर्माण कम्पनीले पक्कि पुलको काम समयमा नै काम नगर्दा स्थानीयको गुनासो सुनेपछि सन्चारमर्मीले काम किन ढिला भएको हो ? पुलको निर्माण कार्य ढिलाई हुनुको कारण के हो भनेर बुझ्न खोज्दा पुस्पान्जली / पि . एस  / सुरत जे .भी , नौबस्ट, बाँकेका मालिकले सन्चारकर्मीलाई  धाक, धम्की र गाली  गरेका छन् । उनले त मेरो कामको बारेमा बुझ्न खोज्ने को होस्, किन फोन गरेको भन्दै नराम्रो शब्द प्रयोग गरेका छन्।

पुलको हालसम्म एउटै पिल्लरमात्र उठेको छ ।पुल निर्माणको काम ढिला गर्ने निर्माण कम्पनीलाई छिटो काम गर्न स्थानीयले  माग गरेका छन्।

Facebook Comments