• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली ४ मा क्रिकेट प्रतियोगिता हुँदै




दाङ। दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मा टोल स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बुधबार वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डाँगीले आज एक सुचना जारी गरि प्रतियोगिता हुन लागेको जानकारी गराइएको हो । वडा नम्बर ४ को आयोजनामा यहि बैशाख १८ गते प्रतियोगिता हुन लागेको उक्त सुचनामा उल्लेख गरिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ भित्रका टोलहरुले जस्मा साबिक वडा नम्बर १,२,३,४,५का टिम सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगितामा सहभागी हुने टिमले यहि बैशाख १६ गते दिउसो ४ बजेसम्म वडा कार्यालयमा टिम दर्ता गर्न सकिने बताइएको छ । प्रतियोगितामा विजेता हुने टिमले १८ हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उपविजेता हुने टिमले नगद १२ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र पाउनेछ । खेल बैशाख १८ गते गढिलेक खेलमैदानमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

Facebook Comments