• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानबाट ४ सय २२ जनाले पाए नि:शुल्क उपचार




दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट लक्षित वर्ग अन्र्तगत ४ सय २२ जना गरिब, असहाय र अशक्तहरुले नि:शुल्क उपचार सेवा लिएका छन् । प्रतिष्ठानमा रहेको सामाजिक सेवा इकाईवाट लक्षित वर्गलाई सो सेवा दिदै आईएको छ । प्रतिष्ठानका कामु निर्देशक डा.रमेश कडेलले पुरुष २ सय ९ जना र महिला २ सय १३ जनाले नि:शुल्क उपचार सेवा लिएको जानकारी दिनुभयो । कामु निर्देशक डा.कडेलका अनुसार नयाँ १ सय ५९ र पुराना फलोअप २ सय ६३ जना विरामीको उपचारको लागि १३ लाख ७५ हजार २ सय ६१ रुपैयाँ खर्च भएको छ । गएको साउनदेखि फागुनसम्मको तथ्याङ्क हेर्ने हो भने ३ सय ३७ जना गरिव, थुनुवा ५९ जना, असहाय ५ जना, अपांगता १६ जना र महिला स्वयमसेविका ५ जनाले लक्षित वर्ग अन्र्तगतको नि:शुल्क उपचारको सेवा लिएका छन् ।

जसअनुसार उनीहरुको उपचार अन्र्तरगत औषधितर्फ ९४ हजार ७ सय ८१ रुपैँया, अप्रेसनतर्फ २ लाख १६ हजार १० रुपैँया, रोगको डाइग्नोसिस गर्न इन्भेष्टीगेसनमा ३ लाख ३६ हजार ६ सय ८५ रुपैँया, वेड चार्जमा ४ लाख ७७ हजार ७ सय ८५ रुपैँया र रगतमा २ लाख ५० हजार रुपैँया खर्च भएको छ ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार गएको साउनमा ३१ जना महिला र २८ जना पुरुष गरेर ५९ जनाले सेवा पाएका छन् । जसमा गरिव ४९ जना, असहाय १ जना, अपांगता १ जना, थुनुवा ८ जनाले सेवा पाएका छन् । नयाँ १७ जना र पुराना ४२ जनाको उपचारका लागि औषधिमा १७ हजार १ सय १ सय ९५ रुपैँया, अपरेशनतर्फ ७८ हजार ८ सय ७५ रुपैया, इन्भेष्टिकेशनमा ७४ हजार ३ सय ३५रुपैँया, वेड चार्जमा १ लाख ३२ हजार ३ सय ५ रुपैँया, रगतमा ३६ हजार गरेर जम्मा ३ लाख ३८ हजार ७ सय १० रुपैँया खर्च भएको छ ।

भदौ महिनामा ३५ जना महिला र १६ जना पुरुष गरेर ५१ जनाले सेवा पाएका छन् । जसमा गरीव ३६ जना, अपांगता ८ जना, थुनुवा ७ जनाले सेवा पाएका छन् । नयाँ १५ जना र पुराना ३६ जनाको उपचारका लागि औषधिमा २६ हजार ८ सय ४८ रुपैँया, अपरेशनतर्फ ५ हजार रुपैया, इन्भेष्टिकेशनमा ५५ हजार १ सय ५० रुपैँया, वेड चार्जमा ३८ हजार ७ सय ५० रुपैँया, रगतमा २१ हजार गरेर जम्मा १ लाख ४६ हजार ७ सय ४६ रुपैँया खर्च भएको छ ।

यसैगरेर असोज महिनामा ३३ जना महिला र ४० जना पुरुष गरेर ७३ जनाले सेवा पाएका छन् । जसमा गरीव ६१ जना, असहाय १ जना, अपांङ्गता २ जना र थुनुवा ९ जनाले सेवा पाएका छन् । नयाँ २० जना र पुराना ५३ जनाको उपचारका लागि औषधिमा ३ हजार ३ सय ९७ रुपैँया, अपरेशनतर्फ २२ हजार ३ सय रुपैया, इन्भेष्टिकेशनमा ४४ हजार ६ सय ५० रुपैँया, वेड चार्जमा ८५ हजार ३ सय ७० रुपैँया, रगतमा ५८ हजार गरेर जम्मा २ लाख १३ हजार ७ सय १७ रुपैँया खर्च भएको छ । यसैगरेर कार्तिक महिनामा २१ जना महिला र १८ जना पुरुष गरेर ३९ जनाले सेवा पाएका छन् । जसमा गरीव ३१ जना, अपांङ्गता २ जना र थुनुवा ६ जनाले सेवा पाएका छन् ।

नयाँ १६ जना र पुराना २३ जनाको उपचारका लागि औषधिमा २३ हजार ७ सय ५५ रुपैँया, अपरेशनतर्फ २१ हजार ८ सय रुपैया, इन्भेष्टिकेशनमा १५ हजार ९सय रुपैँया, वेड चार्जमा ४७ हजार ३ सय ३५ रुपैँया, रगतमा १९ हजार गरेर जम्मा १ लाख २७ हजार ७ सय ९० रुपैँया खर्च भएको छ । यसैगरेर मंसिर महिनामा २२ जना महिला र २७ जना पुरुष गरेर ४९ जनाले सेवा पाएका छन् । जसमा गरीव ४१ जना, अपांङ्गता २ जना र थुनुवा ६ जनाले सेवा पाएका छन् । नयाँ २२ जना र पुराना २७ जनाको उपचारका लागि औषधिमा ४ सय ६२ रुपैँया, अपरेशनतर्फ ७ हजार ३ सय ७५ रुपैया, इन्भेष्टिकेशनमा ५० हजार ३ सय रुपैँया, वेड चार्जमा ६६ हजार ३ सय ४० रुपैँया, रगतमा ३४ हजार गरेर जम्मा १ लाख ५८ हजार ४ सय ७७ रुपैँया खर्च भएको छ । पुस महीनामा २२ जना महीला र २८ जना पुरुष गरेर ५० जनाले सेवा पाएका छन् । जसमा गरीव ३८ जना, असहाय १ जना, अपांङ्गता २ जना र थुनुवा ९ जनाले सेवा पाएका छन् ।

नयाँ २३ जना र पुराना २७ जनाको उपचारका लागि औषधिमा ६ हजार ५ सय ७ रुपैँया, अपरेशनतर्फ २८ हजार ४ सय रुपैया, इन्भेष्टिकेशनमा ४० हजार १ सय रुपैँया, वेड चार्जमा ३२ हजार ७ सय ३५ रुपैँया, रगतमा २४ हजार गरेर जम्मा १ लाख ३१ हजार ७ सय ४२ रुपैँया खर्च भएको छ । त्यस्तै माघ महिनामा २८ जना महिला र २९ जना पुरुष गरेर ५७ जनाले सेवा पाएका छन् । जसमा गरीव ४३ जना, असहाय १ जना, अपांङ्गता ४ जना र थुनुवा ९ जनाले सेवा पाएका छन् । नयाँ २२ जना र पुराना ३५ जनाको उपचारका लागि औषधिमा १३ हजार १ सय १९ रुपैँया, अपरेशनतर्फ २३ हजार २ सय रुपैया, इन्भेष्टिकेशनमा ३६ हजार १ सय रुपैँया, वेड चार्जमा ५५ हजार ३ सय २० रुपैँया, रगतमा २८ हजार गरेर जम्मा १ लाख ५५ हजार २ सय १४ रुपैँया खर्च भएको छ ।

प्रतिष्ठानका कामु निर्देशक डा. कडेलले फागुन महीनामा २७ जना महीला र १७ जना पुरुष गरेर ४४ जनाले सेवा पाएका छन् । जसमा गरीव ३८ जना, असहाय १ जना, थुनुवा ५ जनाले सेवा पाएका छन् । नयाँ १९ जना र पुराना २५ जनाको उपचारका लागि औषधिमा ३ हजार ५ सय रुपैँया, अपरेशनतर्फ २९ हजार ६० रुपैया, इन्भेष्टिकेशनमा २० हजार १ सय ५० रुपैँया, वेड चार्जमा १९ हजार ६ सय ३० रुपैँया, रगतमा ३० हजार रुपैँया गरेर जम्मा १ लाख २ हजार ३ सय ४० रुपैँया खर्च भएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानले न्युन बजेटमा पनि धेरै धेरै संख्यामा सामाजिक सेवा इकाईवाट लक्षित वर्ग अन्र्तगत गरीव, असहाय, अशक्त, अपांगता भएका ब्यक्ति, जेष्ठ नागरीकसहीत थुनुवा नागरीकहरुको निशुल्क उपचार गरीरहेको बताउनुभयो । सरकारले केन्द्रवाट पठाइदिने बजेटले मात्र उपचार खर्च नधान्ने कारण प्रतिष्ठानले आफ्नो तर्फवाट पनि खर्च गरेर लक्षित वर्ग र जेष्ठ नागरीकलाई उपचार सेवा दिएको भन्दै छुट्याइएको बजेट भन्दा पनि धेरै खर्च शोध भर्नाका लागि मन्त्रालयसँग अनुरोध गर्ने बताउनु भयो । यसैविच प्रतिष्ठानका अनुसार वितेको ८ महिनामा एक हजारबढि जेष्ठ नागरीकहरुले नि:शुल्क सेवा पाएका छन् ।

प्रतिष्ठानका कामु अस्पताल निर्देशक डा. कँडेलले गएको साउनदेखी फागुनसम्म १ हजार ८७ जना जेष्ठ नागरीक विरामीहरुले निशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको जानकारी दिनुभयो । जसमा महिलातर्फ ६ सय ६२ जना र पुरुषतर्फ ४ सय २५ जेष्ठ नागरीकले सेवा लिएका हुन् । जेष्ठ नागरीकको उपचारको लागि १३ लाख २९ हजार ९ सय ७८ रुपैँया खर्च भएको छ । रगत, एक्सरेसहित रोगको डाइग्नोसिस गर्न निश्चित उपचारमा शत प्रतिशत जेष्ठ नागरीकलाई छुट दिने पनि गरिएको छ ।

Facebook Comments