• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकीकृत समाजवादी दाङले मनायो नेकपा स्थापना दिवस




दाङ।एकीकृत समाजवादी दाङले सोमबार एक कार्यक्रमको आयोजना गरि नेकपा स्थापना दिवस मनाएको छ ।पार्टी कार्यालयमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथिका रुपमा बोल्दै सभासद एवं समाजवादी दाङकी सह इन्चार्ज अनारकली मियाले भन्नुभयो, ‘पुष्पलाल लगायतका नेताहरुले योगदान नगरेका भए आज कम्युनिष्ट पार्टी हुने थिएनन् ।

हामी पनि हुने थिएनौँ । केपी ओलीले दुई दुई पटक संसद विघटन नगरेको भए फेरि पनि विशाल नेकपा बनाउने सपना पुरा हुने थियो । त्यो उहाँकै कारण समाप्त भयो ।’
जनताको भविष्य बनाउन नेकपा बलियो हुन जरुरी समेत रहेको सभासद मियाँको भनाइ थियो ।


कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका एकीकृत समाजवादीका केन्द्रीय सदस्य टोपेन्द्र बहादुर खत्रीले जनताको सेवा गर्नुपर्नेमा नेताहरु कमाउ धन्दामा लागेको आरोप गर्नुभयो ।
समाजवादीका जिल्ला अध्यक्ष भुपबहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजवादीका नेताहरु प्रेम बक्स मियाँ, रामप्रसाद चौधरी, गुरु प्रसाद महरा, ससमती चौधरी, भिमबहादुर सार्की, डिल बहादुर पुन, खिमा मगर लगायतले नेकपा स्थापना र अबको बाटोबारे मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण एकीकृत समाजवादीका उप सचिव सूर्य बिसीले गर्नुभएको थियो ।

Facebook Comments