• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा तौल नपाएको धर्मकाँटा




दिनहुँ कुद्ने ओभरलोडका टिप्परका कारण घोराही बंगलाचुली जोड्ने पक्की सडकको अवस्था जिर्ण बन्यो ।पिच उप्किएर ध्वस्त बन्दा सम्म पनि टिप्परको ओभरलोड नियमन गर्ने निकाय सडकमा कोहि उभिएनन् । फलतः मनलाग्दी सिमेन्ट उद्योगमा चुन ढुंगा बोक्ने टिप्परहरुका कारण यो सडकको अवस्था बेहाल बन्यो ।

उद्योगहरुका लागि चुनढुंगा बोक्ने ठिप्परमाथि लगाम लगाउने र सडक जोगाउने उपाय बंगलाचुली गाउँपालिकाले खोज्यो । अनि लोड जाँच गर्ने र ओभरलोडमा नियमन गर्ने योजना बनाएको गाउँपालिकाले धर्मकाँटा सञ्चालन गर्ने निर्णय गर्यो । २०७७ सालमा गाउँपालिकाले निर्माण गरेको धर्मकाँटाले तौल भने अहिले सम्म पाएकै छैन । ‘धर्मकाँटा बनेको त हो, तर सञ्चालनमा आउन सकेको छैन,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडडेलले भने ‘यसको सञ्चालन प्रकृयामा सुरुवाती चरणमा केहि समस्याहरु देखिएका रहेछन् ।’ उनका अनुसार धर्मकाँटा सञ्चालनका लागि नापतौल बिभागबाट स्वीकृत अनिवार्य चाहिन्छ । तर पालिकाको तत्कालीन नेतृत्वले यो प्रकृया पुरा नगरेरै हचुवामै धर्मकाँटा निर्माण गर्न सुरु गरेको थियो । पछि नापतौल बिभागलाई धर्मकाँटा सञ्चालन बारे अवगत गराईएको थियो ।

‘यो निर्माण गर्दाखेरीनै नाप तौल बिभागबाट अनुमती लिनु पर्ने हुन्छ, तर यहाँ सुरुमा यो स्वीकृती वा अनुमती लिईएको रहेनछ,’प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ‘यतातिर ध्यान दिन सकेको भए यसको सञ्चालनमा केहि सहज हुने थियो ।’ अहिले नाप तौल बिभागले यहाँ धर्मकाँटा सञ्चालनका लागि अनुमती दिएको छ तर गाउँपालिकाले प्राविधिक पाटोलाई समेत हेक्का नराखेर धर्मकाँटा सञ्चालन नगरेको अर्को कमजोरी देखिन्छ । धर्मकाँटा सञ्चालनका लागि यहाँ विद्युतको लोड नपुग्ने समस्या रहेछ ।

‘नाप तौल विभागले धर्मकाँटा सञ्चालनका लागि अनुमती त दिएको छ,तर यसका लागि विद्युतको लोड नपुग्ने अर्को समस्या निम्तीएको रहेछ,’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ‘यो समस्याले पनि सञ्चालनमा थप समस्या देखिएको छ ।’ उनका अनुसार धर्मकाँटामा गाडीको लोड तौल तर्दा अर्थिङ जडान गरिनु पर्ने र यो अर्थिङका लागि विद्युतको लोड बढि हुनुपर्ने हुन्छ ।
बंगलाचुलीको तापा भन्ने स्थानको चोकमा निर्माण गरिएको धर्मकाँटाका लागि एउटा घर बनाईएको छ । घर निर्मााणका लागि २० लाख सहित अन्य प्राविधिक उपकरण खरिद गरि झण्डै आधा करोड रकम खर्च भैसकेको छ । दुई बर्ष अघि निर्माण सम्पन्न भैसकेको यो धर्मकाँटाले अहिले सम्म तौल भने लगाउन पाएको छैन । हाईटेन्सन लाईनको जडान नभएको यो धर्मकाँटा हाईटेन्सन लाईन जडान गरिए पनि तत्कालै सञ्चालनमा आउने भने देखिन्न ।

पालिकाका प्रशासकीय अधिकृत पौडेलले यसको सञ्चालन तत्कालै देखेका छैनन् । टिप्पर व्यवसायिहरु समेत धर्मकाँटामा तौल लगाउन सहमत हुनुपर्ने भन्दै उनले भने ‘यसको सञ्चालन त्यति सजिलै र त्यति छिटै हुने सम्भावना देखिन्न, टिप्पर सञ्चालकहरुसंगको छलफल पनि हुनुपर्यो, उहाँहरु पनि सहमत भए पछि बल्ल सञ्चालनमा आउने हो ।’ दिनहुँ कुद्ने टिप्परहरुका कारण यो सडक थप जिर्ण बनिरहेको छ ।

Facebook Comments