• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा प्रशासन कार्यालयको १३ विगाह बढी जग्गा अतिक्रमणमा




घोराही । दाङमा जिल्ला प्रशासन कार्यालयको १३ विगाह बढी जग्गा अतिक्रमणमा परेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङका नाममा घोराही उपमहानगरपालिका–१४ अन्तर्गत कपासी र भिंmगौरामा रहेको करिव १३ विगाह १४ कट्ठा तीन धुर जग्गा बर्षौदेखि अतिक्रमणमा परेको पाइएको हो ।

अतिक्रमित जग्गामा घरहरु बनाएर मानिसहरु बसोवास गर्नेदेखि पार्क निर्माण गर्नेसम्मका काम भएको पाइएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार उक्त जग्गामा करिव १०÷१२ वटा पक्की घरहरुसँगै ३० बढी घरहरु रहेका छन् । साथै केही जग्गामा व्यवसायीले कोइला डम्पीङ गरेर राखेका छन् ।

अतिक्रमणमा परेको उक्त जग्गा जिल्ला प्रशासन कार्यालयले खाली गराउन प्रक्रिया थालेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । नापी कार्यालय दाङले जिल्ला प्रशासन कार्यालयको नाममा रहेको जग्गाको चार किल्ला पहिचान गरेपछि उक्त जग्गाको सोमवार स्थलगत निरिक्षण गरेर बस्तुस्थीति बारेमा बुझ्ने काम भएको भन्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले अव जग्गामा बसोवास गर्ने मानिसको पहिचान गरेर हटाइने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुवेदीले भन्नुभयो,‘नापी कार्यालयले प्रशासनको नाममा रहेको जग्गा छुट्याउने काम गरेपछि उक्त जग्गाको स्थलगत निरिक्षण गरेका छौ । ‘त्यसक्रममा पक्की घरहरु निर्माण गर्नेदेखि पार्क निर्माण गर्नेसम्मका काम भएका रहिछन् । अव छिट्टै उक्त जग्गालाई खाली गराउनका लागि कानुनी रुपमा पहल थाल्ने छौ ।’ निरिक्षणपछि अव उक्त जग्गामा बसोवास गर्ने बास्तविक सुकुमवासी र भूमिहिनको हुन होइन पहिचान गरेर जग्गा खाली गराइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक रामबहादुर केसी, मालपोत कार्यालय घोराहीका प्रमुख कमलप्रसाद पौडेल, नापी कार्यालय दाङका प्रमुख पुरन चौधरीलगायतको सहभागीता रहेको थियो ।

 

Facebook Comments