• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सशस्त्र प्रहरी जवानमा सफल विद्यार्थीहरुलाई बधाई एवं सम्मान




घोराही । घोराहीमा रहेको द होप ट्रेनिङ सेन्टरले नेपाल सशस्त्र प्रहरी जवानमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई बधाई एवं सम्मान गरेको छ । सोमबार सेन्टरका प्रमुख डाक्टर गीर रोदन महराको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा भएका कार्यक्रममा दश जना विद्यार्थीहरुलाई बधाई एवं सम्मान गरिएको हो ।

सम्मानित हुने पुरुषतर्फ संगम पुन मगर, पोषण कुमार डाँगी, सुमन झाँक्री मगर, बिशाल थापा, मोतीलाल रखाल र झक्कु प्रसाद केसी रहेका छन् । यस्तै महिला तर्फ दिलमाया बुढामगर, मिना रोका मगर, मनिसा घर्तीमगर र धनमाया पुन मगर रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी डाँगीले सफल हुने विद्यार्थीलाई बधाई दिदै आगामी दिनमा निष्ठाकासाथ अविचलित रही राज्यप्रतिको सेवाभावको रुपले जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो । उहाँले शान्तिसुरक्षा कायम गर्ने तथा सुव्यवस्था सुनिश्चित गर्ने गहन एवं संवेदनशील जिम्मेवारी निर्वाहका निम्ति सरकारी सेवामा प्रवेश गर्नुभएका विद्यार्थीहरुलाई थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा सशस्त्र प्रहरीका पुर्व एसपी कर्ण बहादुर बुढाले आफुले सरकारी सेवाको समयमा भोगेका भोगाई अनुभव साट्दै नव प्रवेशी यसवाहरुलाई आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन आग्रह गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले अहिलेका युवाहरु विदेश पलाएन भैरहेको भन्दै यसलाई रोक्न र देशमै योगदान गर्न तर्फ लाग्न आग्रह गर्नुभयो । नेपालमै मेहनत गर्न सके थुप्रै अवसरहरु पनि भेटिने भन्दै ती सम्भावनहरुको खोजिमा लाग्न आग्रह गर्नुभयो । सेन्टरका म्यानेजर दिवाकर बुढाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण हेमराज परिवर्तनले गर्नुभएको थियो । कार्यक्रममा सांस्कृति प्रस्तुतिहरु पनि राखिएको थियो ।।

Facebook Comments