• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिमेन्ट उद्योग र टिप्पर व्यवसायीहरुले यसअघि गरेका सहमति कार्यान्वयन नगरेको निष्कर्ष, सहमति कार्यान्वयन गर्न चारबुँदे पुनः निर्णय




दाङ । दाङ जिल्लामा सञ्चालनमा रहेका सिमेन्ट उद्योगहरुले यसअघि गरेका सहमति कार्यान्वयन नगरेको जनगुनासाे पछि सोमबार जिल्ला प्रशासन कार्यालय दाङमा वैठक बसेकाे छ ।

जिल्लामा सञ्चालनमा रहेका सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ ओसार पसार गर्ने टिप्परले खानी उत्पादन हुने स्थल देखि सिमेन्ट उद्योगसम्मका वरिपरीका स्थानीयहरुलाई धुलो धुवाले स्वास्थ्यमा असर पुऱ्याएको सम्बन्धमा सरोकारवालाहरु एवं ट्रक /टिप्पर व्यवसायीहरुको उपस्थितीमा समन्वय बैठक बसेकाे हाे ।

बैठक दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीकाे अध्यक्षतामा बसेकाे हाे । बैठकले यसअघि सिमेन्ट उद्योग,र टिप्पर व्यवसायीले गरेका सहमतिकाे पूर्ण कार्यान्वयन नगरेको निष्कर्ष निकाल्दै देहाय बमोजिमका निर्णयहरु गरेकाे छ ।

“१.घोराही-कमिरेचौर-बंगलाचुली सडक जीर्ण भई अत्याधिक धुलो भएकोले सिमेन्ट उद्योगका उपलब्ध ट्याङ्करहरुले हर्नोकसम्मको टिप्पर चल्ने सडक सबैमा धुलो नउड्ने व्यवस्था मिलाउन पानी हाल्ने ।

२. घोराही-कमिरेचौर-बंगलाचुली सडक खण्डमा सञ्चालित ट्रक/ टिप्परहरुको सम्बन्धमा यस अगाडि तोकिएको समय अनिवार्य रुपमा पालना गर्ने/गराउने ।
३. टिप्पर चालकहरुलाई दुर्व्यवहार हुन नदिने टिप्पर चालकहरुले ओभर स्पिड र ओभर लोड नगर्ने र साना सवारी साधनलाई प्राथमिकता दिई अगाडि जान साइड दिने तथा ट्राफिक नियमको अनिवार्य पालना गर्ने ।
४. जिल्ला ट्राफिक प्रहरी कार्यालय, घोराही उपमहानगर र बंगलाचुली गाउँपालिकाले विगतका र आजका निर्णयहरुको प्रभावकारी कार्यान्वयन गराई सो को अनुगमन समेत गर्ने ।”

बैठकमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगर,सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख राम बहादुर केसी,घाेराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मधुसूदन शर्मा ,जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख किरण प्रकाश मल्ल ,सडक डिभिजन कार्यालयका प्रतिनिधि , घाेराही सिमेन्ट ,साेना सिमेन्ट र सम्राट सिमेन्ट उद्योगका प्रतिनिधि ,जिल्ला स्थित टिप्पर व्यवसायी समितिका अध्यक्ष तथा प्रतिनिधि ,टिप्पर मजदुर ,तथा खानि प्रभावित क्षेत्रका स्थानीय अगुवाहरुकाे सहभागीता रहेको थियो । बैठककाे सहजिकरण सहायक प्रजिअ सावित्रा पुनले गर्नुभएको थियो ।

Facebook Comments