• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संस्कार जोगाउन गुरुकुल एकेडेमीद्वारा सांस्कृतिक पोसाक प्रयोग




घोराही । गुरुकुल एकेडेमीले सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुबाट साँस्कृतिक पोसाकसहित विद्यालयको पठनपाठन संचालन गरेको छ । गुरुकुल एकेडेमी घोराही, लमही र तुलसीपुरले सम्पूर्ण जातजातिका साँस्कृतिक पोसाकसहित शैक्षिक सत्र २०८१ को पहिलो दिन विद्यालय संचालन गरेको हो ।

आफ्नो संस्कार जोगाउनको लागि गुरुकुल एकेडेमीले बिगत २ बर्षदेखि साँस्कृतिक पोसाक विद्यालय समयमा पनि नियमित प्रयोग गर्दै आएको छ । शिक्षा ,संस्कार र संस्कृतिको त्रिवेणी भन्ने मूल नारालाई आत्मसात गर्दै गुरुकुल एकेडेमीले नियमित रुपमा सबै जातजातिका पोसाक झल्काउदै यो कार्यक्रम गर्दै आइरहेको छ ।

हरेक महिनाको पहिलो दिन विद्यार्थी तथा शिक्षकले आफ्नो जातिय पोसाक पहिरिने गरेका छन्। यो कार्यक्रममले सम्पूर्ण विद्यार्थी माझ आफ्नो जातिय पोसाक कुन हो , कसरी प्रयोग गर्ने भन्ने कुरा जानकारी पाउने र आफ्नो संस्कार जोगाउन सकिने भएका कारण कार्यक्रमको आयोजना गरिएको गुरुकुल एकेडेमी घोराहीका संस्कार प्रमुख भुगोल कँवर मगरले जानकारी दिनुभयो । कार्यक्रममा थारु,मगर, नेवार ,गुरुङ ,क्षेत्री लगायतका पोसाकहरु लगाइएको थियो । यसै बीच गुरुकुल एकेडेमी घोराहीले नवनियुक्त शिक्षकहरुलाई स्वागत पनि गरेको थियो ।

नवनियुक्त संस्कार प्रमुख भुगोल कवर मगर , अंग्रेजी शिक्षक राजन अधिकारी, सामाजिक शिक्षक लालमणि पोख्रेल र सुनिता बमलाई स्वागत गरिएको विद्यालयका प्रवक्ता तथा शिक्षक विवेक देवकोटाले जानकारी दिनुभयो । विशेष गरी आइतबा बैशाख ९ गते साँस्कृतिक दिवस भएकोले गुरुकुल एकेडेमी लमहीले विद्यालय संचालनको पहिलो बर्षको पहिलो दिन सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुलाई साँस्कृतिक भेष भुषामा सजिन लगाई सोही सम्बन्धी सम्पूर्ण कक्षामा कार्यक्रमको आयोजना गरिएको गुरुकुल लमहीका प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाले जानकारी दिनुभयो । सोही अनुसार गुरुकुल एकेडेमी तुलसीपुरले पनि कार्यक्रमको आयोजना गरेको छ ।

Facebook Comments