दाङ । घोराहीमा जारी वडा स्तरिय मेयर कप क्रिकेट प्रतियोगीताको वडा नम्बर १४ र १७ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको वडा नम्बर १४ र वडा नम्बर १ का बिच भएको पहिलो खेलमा १४ ले जित हात पार्यो । टस हारेर ब्याटिङ गरेको वडा नम्बर १४ ले १ लाई १ सय ५२ रनको लक्ष्य दिएको थिएको थियो । २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर १ ले १२.५ ओभरमा अलआउट हुँदै जम्मा ७१ रन मात्रै बनाउन सक्यो ।
यसैगरि वडा नम्बर १७ र २ का बिच भएको दोस्रो खेलमा वडा नम्बर १७ विजयी भयो । १७ ले वडा नम्बर २ लाई १ सय ३२ रनको लक्ष्य दिएको थियो । निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर २ ले १२.२ ओभरमा अलआउट हुँदै ६० रन मात्रै बनाउन सक्यो ।
भोलि मंगलबार बिहान वडा नम्बर १८ र १६ र दिउस वडा नम्बर १० र ५ को खेल हुने नगर खेलकुद विकास समितिका सदस्य एवं प्रतियोगीताका संयोजक देव भण्डारीले जानकारी दिए ।
कुल १२ समुह सहभागीता रहेको प्रतियोगीता १५ गते सम्म चल्ने छ । प्रतियोगीताका विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने संयोजक भण्डारीले जानकारी दिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।