• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कतारका अमिर नेपाल आउँदा भोलि सार्वजनिक विदा




काठमाडौं । सरकारले भोलि मंगलवार सार्वजनिक विदा दिने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने र विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

Facebook Comments