• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडास्तरिय मेयर कपमा १५ र ६ विजयी




दाङ । घोराहीमा जारी वडा स्तरिय मेयर कप क्रिकेट प्रतियोगीताको दोस्रो दिन घोराही १५ र ६ विजयी भएका छन् । प्रतियोगीता शनिबार देखि सुरु भएको थियो ।

आइतबार भएको वडा नम्बर १६ र वडा नम्बर ६ का बिच भएको पहिलो खेलमा ६ ले जित हात पार्यो । टस जितेर ब्याटिङ गरेको ६ ले १६ लाई १ सय ९१ रनको लक्ष्य दिएको थिएको थियो । २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको १६ ले १२.५ ओभरमा अलआउट हुँदै जम्मा १ सय रन मात्रै बनाउन सक्यो ।

यसैगरि वडा नम्बर १५ र ५ का बिच भएको दोस्रो खेलमा वडा नम्बर १५ विजयी भयो । १५ ले वडा नम्बर ५ लाई २ सय १२ रनको लक्ष्य दिएको थियो । निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २ सय ११ रन बनाएको वडा नम्बर १५ का लागि ओपनर ब्याट्सम्यान बिसम थापाले सतकीय पारि खेले । उनले ६५ बलमा ८ चौका र ७ छक्काको मदतमा १ सय ११ रन बनाएका थिए । जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर ५ ले १८.३ ओभरमा अलआउट हुँदै ५४ रन मात्रै बनाउन सक्यो । कुल १२ समुह सहभागीता रहेको प्रतियोगीता १५ गते सम्म चल्ने छ ।

प्रतियोगीताका विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने नगर खेलकुद विकास समितिका सदस्य एवं प्रतियोगीताका संयोजक देव भण्डारीले जानकारी दिए ।

Facebook Comments