• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टरिगाउँ एयरपोर्ट स्तरबृद्धिको माग गर्दै सांसद मास्कीद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण




तुलसीपुर । दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्ट स्तरबृद्धिको माग गर्दै लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले संघीय अर्थमन्त्री बर्षमान पुनलाई ध्यानाकर्षण गराएका छन् । आईतबार सांसद मास्कीले मन्त्री पुनलाई ध्यानाकर्षण गराउँदै आगामी बजेटमा जसरी पनि समावेश गरि बहुबर्षियमा समावेश गर्न ध्यानाकर्षण गराएका हुन् ।
टरिगाउँ एयरपोर्ट लुम्बिनी प्रदेश राजधानीको एउटा महत्वपूर्ण संरचना रहेको भन्दै यसको विस्तार आबश्यक रहेको सांसद मास्कीको भनाई थियो । त्यस अवसरमा अर्थमन्त्री पुनले सोही एयरपोर्टमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।

टरिगाउँ एयरपोर्टको धावन मार्ग ७५० मिटर लम्बाइ छ । त्यो धावन मार्गमा अहिले १९ सिटे टुइनेटर भन्दा ठूला जहाज बस्न सक्ने अबस्था छैन । जसले गर्दा नियमित नहुँने,भाडा करिब १० हजार रुपैँयासम्म हुने हुँदा यात्रुहरु पनि चढ्न नमान्ने जस्ता समस्या रहदै आएको छ । विमानस्थलमै इन्धन डिपो स्थापना भइसकेको छ । अब अहिले रहेको धावन मार्गलाई १५ सय मिटर भन्दा माथि बनाउन सकियो भने ७२ सिटे जहाज बस्न सक्छन र, नियमित उडान हुन्छ ।

यो विमानस्थल दाङको समृद्धिसंग जोडिएको कुरा पनि हो । २०११ सालदेखि सुरु भएको नेपालकै पुरानो मध्येको टरिगाउँ विमानस्थलमा नियमित जहाज उडाउन नसक्नु बिडम्बना जस्तै भएकाले यसमा मा।मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै डिपिआर अनुसारको बजेट बिनियोजन गरिदिन माग गरेको सांसद मास्कीले बताए ।

Facebook Comments