• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विधि र पद्धतिमा रहेर सेवा प्रवाह गर्नुस्- उपप्रमुख योगी




दाङ । लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले सहकारीलाई चलायमान गराउने, विधि र पद्धतिमा रहेर सेवा प्रवाह गर्नु पर्ने बताउनुभयो । सहकारीहरुलाई नियमन गर्ने देखि लिएर समन्वय गर्नका लागि लमही नगरपालिकाले सहकारी शाखा खोलेर सेवा दिई रहेको बताउनुभयो ।

सहकारी संस्थाका संचालक तथा व्यवस्थापकहरु बिच अन्तरक्रिया तथा बैठक कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो । सहकारी दर्ता अधिकारी महेश थापा ठेडीले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा सहकारीका संचालक र व्यवस्थापकलाई डिजिटल सहकारी प्रशिक्षण सामाग्री, वार्षिक प्रतिवेदन अध्यावधिक, कोपोमिस सम्बन्धि तालिम र अनुगमन तथा निरीक्षक जस्ता विषयमा सहभागीलाई प्रशिक्षण दिइएको छ ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शाखा प्रमुख लक्ष्मी सुवेदीले गर्नु भएको थियो ।

Facebook Comments