• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घरेल तथा साना उद्योग महासंघद्वारा शुभकामना आदानप्रदान




घोराही। आर्थिक क्षेत्रको विकाससँगै रोजगारीका अवसर सिर्जनाका लागि सरकारले घरेलु तथा सना उद्योगहरुलाई प्राथमिकता दिनुपर्ने बक्ताहरुले जोड दिएका छन् ।

नयाँ बर्ष २०८१ सालको अवसरमा घरेलु तथा साना उद्योग महासंघ दाङको आइतवार घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले घरेलु तथा साना उद्योगहरुलाई प्राथमिकतामा राख्न सके मात्र आर्थिक क्षेत्रलाई चलाएमान बनाउन सकिने बताएका थिए । सानो लगानीका उद्योग व्यवसायीलाई राज्यका तीनै तहका सरकारले प्रोत्साहन गर्ने नीति आवश्यक रहेपनि त्यस अनुसारको नीति नहुँदा व्यवसायी समस्यामा रहेको बताएका थिए ।

सहभागी बक्ताहरुले सानो लगानीका उद्योग व्यवसायहरु दर्ता प्रक्रियादेखि खारेजीसम्म गर्नका लागि सहज व्यवस्था हुनुपर्ने,कृषि क्षेत्रको विकासका प्राथमिकतामा राखेर बजेट बिनियोजनदेखि साना कृषि व्यवसायको प्रवद्र्धनका लागि घोराही हाट बजारको व्यवस्था गर्नुपर्ने, आर्थिक क्षेत्रमा देखा परेको समस्या समाधानका लागि व्यवसायीलाई छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । साथै सहभागी बक्ताहरुले घरेलु तथा साना उद्योग महासंघ घरेलु तथा साना व्यवसायीहरुको प्रवद्र्धनका लागि काम गर्ने सस्था भएकाले घरेलु तथा साना उद्योग कार्यालयअन्तर्गत राखेर व्यवसायिक हकहितका लागि काम गर्ने बातावरण मिलाउन आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख युवराज न्यौपानेले साना लगानीका उद्योग व्यवसाय प्रवद्र्धनका नीतिगत सुधार आवश्यक रहेको बताए । कानुनी जटिलताका कारण सानो लगानीका व्यवसायलाई प्रवद्र्धनदेखि दर्ता खारेजी गर्नसम्म समस्या रहेको भन्दै दश बर्षसम्म नविकरण व्यवसायको नविकरणसँगै दर्जा खारेजीका लागि सहजता अपनाउनका लागि आफुले मन्त्रालयक कुरा राखेको बताए । साथै उनले घरेलु तथा साना उद्योग महासंघको स्थायी रुपमा कार्यालय व्यवस्थापनका लागि छलफल गरेर अघि बढ्न सकिने भएकाले छलफल गरेर अघि बढ्ने बताएका थिए ।

घरेलु तथा सानो उद्योग महासंघ दाङका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदी, सचिव आर.के.शितल, नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविन प्रियासन, घरेलु तथा सानो उद्योग महासंघका पूर्व अध्यक्ष किरणकुमार रेग्मी, दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य सुरज बुढाथोकी, शशीधर वली, डा प्रकाश सुवेदी, सरस्वती सुवेदी, भवानी कँडेललगायतले शुभकामनासहितको मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा घरेलु तथा सानो उद्योग महासंघ दाङले २०७९ सालमा घोराहीमा लगाएको लुम्बिनी प्रदेशस्तरीय कृषि तथा व्यवसायीक महोत्सवको आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिष्णु थापाले प्रस्तुत गरेरकी थिइन । कार्यक्रमका सहभागीलाई महासंघका उपाध्यक्ष लभ अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण नवीन पोख्रेलले गरेका थिए ।

Facebook Comments