• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कांग्रेसका सरल नेता सर्वजित डिसीको निधनप्रति क्षेत्रीय समितिद्वारा दुःख व्यक्त




प्रिया स्मृती गजमेर
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले पूर्व महाधिवेशन प्रतिनिधि, क्षेत्र नं. १ का बरिष्ठ क्षेत्रीय सदस्य सर्वजित डिसीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

क्षेत्रीय सभापति भेषराज पाण्डले एक श्रद्धाञ्जली विज्ञप्ती जारी गर्दै डिसीको ६३ वर्षको उमेरमा भएको अप्रत्यासित, अकल्पनिय निधनले मर्माहत बनाएको उल्लेख छ ।

नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरूमा डिसीले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले पु¥याउनु भएको योग्दानको पार्टीले सधैं उच्च मुल्यांकन गर्ने विज्ञप्तीमा उल्लेख छ ।

डिसी गत सम्पन्न २०७९ कोे स्थानीय निर्वाचनमा गढवा गाउँ पालिकाको अध्यक्ष पदका उम्मेदवार समेत हुनुहुन्थ्यो ।

अत्यन्त सरल, सहज र समाजवादी आचरणलाई व्यवहारमा समेत अबलम्बन गर्ने उहाँको जीवनशैली सम्पूर्ण नेपाली कांग्रेस आवद्ध नेता, कार्यकर्ता, शुभचिन्तकका लागि प्रेरणाको श्रोतको रूपमा रही रहने, डिसीको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षती पुगेको उल्लेख गरिएको छ ।

पार्टीले तीन दिन सम्म औपचारीक कार्यक्रमहरु नगर्ने, १६ गते सोमवार गढवा गाउँपालिका–५ बाँकी स्थित डिसीको निवासमा शोक सभा गर्ने जनाइएको छ । उक्त सभामा उपस्थित हुन सबैमा नेपाली कांग्रेस क्षेत्रीय समितिले अनुरोध गरेको छ ।

Facebook Comments