• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा मोटरसाइकलको ठक्कर बाट एक बालक घाइते




मधुसूदन गिरी
कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिदा एकजना बालक घाइते भएको छन । गाउँपालिकाको वडा नम्बर ५ को मुर्कुटी बजारमा बंगलाचुली भ्युटावरबाट घोराही तर्फ आउदै गरेको   रा  ६ प १७२५   नम्बरको मोटरसाइकलले ठक्कर दिदा बंगलाचुली गाउँपालिका वडा नम्बर ५ निवासि डोम बहादुर रावतका छोरा ८ बर्षका जिवन रावत घाइते भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रहरी नायव निरीक्षक जिवन केसिले जानकारी दिनुभएको छ ।

घाइते बालकको टाउकोमा चोट लागेको छ । घाइते बालकलाई बंगलाचुली अस्पतालमा सामान्य उपचार पछि  थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

Facebook Comments