• १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्यूठानमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु




प्यूठान ।प्यूठानको माण्डवी गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ । माण्डवी गाउँपालिका १ मुर्कुटी स्थीत छबिसे चौरमा दांगको घोराहीबाट प्यूठानतर्फ आउदै गरेको रा ५ प १५२८ नंम्वरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुदा एक जनाको मृत्यू भएको हो । अर्का एक जना घाईते भएका छन् । दुर्घटनामा मृत्यू हुनेमा दांगको घोराही उपमहानगरपालिका ११ का २७ बर्षिय बिमल डांगी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक इस्वर थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा दांगको घोराही उपमहानगरपालिका ८ ढिकपुका ४८ बर्षका कैलाश डिसी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । र्दुघटनामा परी घाईते भएका दुबै जनालाई जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो । अस्पतालले डांगीलाई मृत घोषणा गरेको हो । दुर्घटनामा घाईते डिसीलाई नेपालगञ्ज रिफर गरिएको छ । उनको टोउको, दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले बताएको छ ।

Facebook Comments