• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन सुरु




दाङ —राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एमडी तहको पठनपाठन सुरु भएको छ । प्रतिष्ठानले शुक्रबार घोराहीमा एक कार्यक्रम आयोजना गरी पश्चिम क्षेत्रमै पहिलोपटक एमडी तहको पठनपाठन सुरु गरेको जानकारी गराएको छ ।

कार्यक्रममा पोष्ट ग्राजुएट रेसिडेन्सीका रुपमा एमडी तहको ३ वर्षे अध्ययनका लागि भर्ना भएका डाक्टरहरुलाई स्वागत गरिएको थियो ।

चिकित्सा शिक्षा आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि निर्धारण गरेको ४ वटा सीटमा एमबीबीएस अध्ययन गरिसकेका डाक्टरहरु विद्यार्थीका रुपमा भर्ना भएका हुन् । जसअनुसार एमडी जीपीमा २ जना, गाईनोकोलोजीमा १ जना र अर्थोपेडिकमा १ जना भर्ना भएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए । देशकै कान्छो प्रतिष्ठानका रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्नातकोत्तर तह अर्थात एमडी तहको पठनपाठन शुरु भएपछि स्वास्थ्य क्षेत्रमा फड्को मारेको यस क्षेत्रका अगुवाहरुले बताएका छन ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन मगरको प्रमुख आतिथ्यमा कार्यक्रम गरी पोष्ट ग्राजुएट रेसिडेन्सका रुपमा एमडी तहको ३ वर्षे अध्ययनका लागि भर्ना भएका डाक्टरहरुलाई स्वागतसहित प्रतिष्ठानले पछिल्लो समय स्वास्थ्य सेवा बिस्तारसँगै प्रदान गरिरहेको सेवाका बारेमा जानकारी पनि गराईएको थियो ।

चिकित्सा शिक्षा आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि निर्धारण गरेको ४ वटा सीटमा एमबीबीएस अध्ययन गरिसकेका डाक्टरहरु एमडि अध्ययनको लागि विद्यार्थीका रुपमा भर्ना हुनुभएको हो । एमडी तहको पठनपाठनका लागि प्रोफेसर डा. नारायणसिंह गुरुङ, पुर्ब रेक्टर तथा एशोसियट प्रोफेसर डा. बसन्त लामिछाने, प्रतिष्ठानका डिन डा. सागर पन्थीलगायत खटिनु हुने भएको छ ।

सो अवसरमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री पुनले स्वास्थ्य क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय प्रदान गर्दै आएको स्वास्थ्य सेवामा गुणस्तर कायम राख्दै शैक्षिक कार्यक्रम संचालनको थालनी गर्नु यस क्षेत्रको लागि ठूलो उपलब्धी रहेको बताउनुभयो ।

प्रतिष्ठानको काम, कर्तव्य र अधिकार क्षेत्रलाई माथि उठाउन सबै लाग्नुपर्ने बताउँदै स्वास्थ्य मन्त्री पुनले पश्चिम क्षेत्रमा यस प्रकारको स्वास्थ्य सेवा बिस्तारले आम नागरिकलाई स्वास्थ्य सेवा लिन निकै सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिष्ठानको आगामी कार्यक्रम र सेवा बिस्तारका लागि आवश्यब बजेट विनियोजनका लागि पहल गर्ने पनि बताउनुभयो ।

प्रदेश स्वास्थ्य मन्त्री पुनले स्वास्थको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्नु पर्ने बताउनु भयो ।

मन्त्री पुनले नेपालको स्वास्थ्य क्षेत्रको समृद्धि बिना अन्य क्षेत्रको समृद्धि नहुने बताउनु भयो।हरेक नेपाली नागरिकहरू स्वस्थ भयो भने देश आफै स्वस्थ हुने बताउँदै उहाँले राज्यले नागरिकहरूको स्वास्थ्य सेवामा लगानी गर्नुपर्ने बताउनु भएको छ ।

आफू लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री भएपछि पहिलो कुरा जनताको स्वास्थ्य नै समृद्धि बनाउने तर्फ लाग्ने बताउँदै हरेक नागरिकको स्वास्थ्य समृद्धि भयो भने मात्र नेपाल र लुम्बिनी प्रदेश समृद्ध हुने कुरामा सबैलाई ढुक्क रहन आग्रह गर्नु भयो।स्वास्थ्यमन्त्री पुनमगरले प्रतिष्ठानले पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवाका साथै शैक्षिक कार्यक्रम सञ्चालन गर्नु ठूलो उपलब्धि भएको बताए । पश्चिम क्षेत्रमा यस प्रकारको स्वास्थ्य सेवा विस्तारले आमनागरिकलाई स्वास्थ्य सेवा लिन निकै सहज हुने विश्वास उनले व्यक्त गरे ।

मन्त्री पुनले आफ्नो कार्यकालसम्म सकेसम्म प्रदेशवासी नागरिकको स्वास्थ्य सुधार गर्ने वताउनु भयो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले कार्यक्रम नयाँ भएपनि सबै विद्यार्थीलाई धैर्यता पूर्वक सिक्नका आग्रह गर्नु भयो।

कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव जनार्दन पन्थीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जन्माउन यस क्षेत्रबाट धेरैले पहल थालेको स्मरण गर्दै उद्देश्य अनुसारको प्रतिष्ठानको कामले गतिलिँदै गएको हुँदा आगामी शैक्षिक कार्यक्रम र प्रतिष्ठानको सेवा बिस्तारमा सबै लाग्नुपर्ने बताउनुभयो । प्रदेश स्वास्थ्य सचिव डा. पन्थीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जन्माउन यस क्षेत्रबाट धेरैले पहल थालेको स्मरण गर्दै उद्देश्यअनुसार प्रतिष्ठान अघि बढेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो ।
प्रतिष्ठानमा भरपर्दो र प्रभावकारी विभिन्न प्रकारका नियमित स्वास्थ्य उपचार सेवासँगै गत वर्षदेखि बिएनएस नर्सिङ र बिएस्सी नर्सिङ तहको पठनपाठन हुँदै आएको छ । सो अवसरमा प्रसुति रोग विशेषज्ञ डा. बसन्त लामीछाने, प्रोफेसर डा. नारायण सिंह गुरुङले प्रतिष्ठानले एमडि तहको पढाई सुरु गरेकोले दाङ स्वास्थ्य क्षेत्रको हब बन्न सक्ने बिचार ब्यक्त गर्नु भयो । कायममुकायम अस्पताल निर्देशक डा. रमेश कँडेलको स्वागत र विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण एमडिजिपि डा. उमाकान्त तिवारीले गर्नुभएको थियो ।

Facebook Comments