• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्वास्थकाे समृद्धका लागि दक्ष जनशक्ति निर्माण गर्नु पर्दछ: मन्त्री पुन




दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन सिजल लेस्वास्थकाे समृद्धका लागि दक्ष जनशक्ति निर्माण गर्नु पर्ने बताउनु भयाे ।
यस्तो विचार मन्त्री पुनले राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा स्नातकोत्तरतह अधययणरत विद्यार्थीकाे स्वागत तथा अध्ययन कार्यक्रमकाे उद्घाटन कार्यक्रम बताउनु भएको छ ।

स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुन मगरले नेपालको स्वास्थ्य क्षेत्रको समृद्धि बिना अन्य क्षेत्रको समृद्धि नहुने बताउनुभएको छ। हरेक नेपाली नागरिकहरू स्वस्थ भयो भने देश आफै स्वस्थ हुने बताउँदै उहाँले राज्यले नागरिकहरूको स्वास्थ्य सेवामा लगानी गर्नुपर्ने बताउनु भएको छ ।आफू लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री भएपछि पहिलो कुरा जनताको स्वास्थ्य नै समृद्धि बनाउने तर्फ लाग्ने बताउँदै हरेक नागरिकको स्वास्थ्य समृद्धि भयो भने मात्र नेपाल र लुम्बिनी प्रदेश समृद्ध हुने कुरामा सबैलाई ढुक्क रहन अपिल गर्नुभएको छ।

स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनमगरले आफ्नो कार्यकालसम्म सकेसम्म प्रदेशवासी नागरिकको स्वास्थ्य सुधार गर्ने बताउनुभएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार श्याम श्याम लम्सालले यो कार्यक्रम नयाँ भएपनि सबै विद्यार्थीलाई धैर्यतापूर्वक सिक्नका लागि अनुरोध गर्नुभयो।

Facebook Comments