• २६ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा एकदिने शारीरिक अपाङ्गता परिक्षणसम्बन्धी निःशुल्क घुम्ती शिविर




तुल बहादुर कवँर मगर

देउखुरी । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा एक दिने शारीरिक अपाङ्गता परिक्षण सम्बन्धी निःशुल्क घुम्ती शिविर सम्पन्न भएको छ।

राप्ती गाउँपालिका दाङकाे आयोजना तथा विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोककाे प्राविधिक सहयोगमा बिहीबार गाउँपालिकाकाे सभाहल मसुरीयामा शिविर सम्पन्न भएको हाे।

शिविरमा ४५ जना १८ वर्षसम्मका शारिरीक अपांगता भएका बालबालिकाहरुकाे स्वास्थ्य परिक्षण गरिएकाे थियो।

त्यस्तै २ जनालाई ह्युलचियर र ३ जनालाई बैषाखी प्रदान गरिएको थियो भने ९ जनालाई कृतिम अंग र सहायक सामाग्री प्रदान गर्नका लागि नाप लिइएको छ।

त्यस्तै शिविरमा २ जना बालबालिकाकाे खुट्टाको प्लास्टर गरिएको थियो भने ३ जना बालबालिकालाई शल्यक्रिया गर्नका लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपामा रिफर गरिएको छ ।

रिफर गरिएका खुट्टा, हात र अन्य शारिरीक समस्या भएका बालबालिका रहेका छन् ।

शिविरमा स्वास्थ्य सेवा लिन आएका बालबालिकाहरुकाे फिजियाेथेरापी गरिनुका साथै नि:शुल्क औषधि वितरण र आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको परामर्शकर्ता लेखनाथ आचार्यले जानकारी दिनुभयो ।

डाक्टर निरन्जन थापा ,फिजियाे थेरापिष्ट गंगा शाक्य,प्रक्टिस नर्स शशिकला महत, फिजियाे टेक्निसीयन पार्वती अधिकारी,सहायक सामग्री विशेषज्ञ श्याम दाहाल लगायतले शिविरमा सहभागी बालबालिकाहरुकाे स्वास्थ्य परिक्षण गर्नुभएको थियोे ।

साे अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी,स्वास्थ्य शाखा प्रमुख नारायण राउत लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments