• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चुनाव पनि क्रान्तिकै मोर्चा हुनेछ : विप्लव




शेरबहादुर विश्वकर्मा
कपिलवस्तु/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि आन्दोलन र क्रान्तिकै मोर्चा भएको बताएका छन् । केन्द्रिय कार्यालय कपिलवस्तुमा बुधबारदेखि जारी नेकपा नवौं केन्द्रिय समितिको पाचौं पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले चुनाव सम्बन्धि पार्टी धारणा प्रस्ट्याउदै उक्त धारणा व्यक्त गरेका हुन् ।

चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिस्ट आन्दोलनको पुरानो चलनले अब काम नगर्ने भन्दै महासचिव विप्लवले चुनाव पनि क्रान्तिकै भिन्न मोर्चा भएकोले आगामी २०८४ मा हुने भनिएको चुनावलाई पनि त्यसरी नै लिनुपर्ने बताए ।” चुनाव पनि क्रान्तिकै मोर्चा हो यसलाई विगतमा कार्यनीतिक प्रयोग वा रणनीतिक प्रयोग भनेर विभाजन गरेर बुझ्ने चलन थियो अब त्यसरी हुन्न, त्यो पुरानो तरिका हो ।” -महासचिव विप्लवले २०८४ को चुनावबारे पार्टी लाइन के हुने भन्नेबारे प्रस्ट्याउदै भने- “साम्राज्यवाद अहिले नयाँ ढङ्गले आएको छ, ऊ कम्युनिस्ट आन्दोलनविरुद्ध समग्र युद्दको नीति लिएर आइरहेको छ, त्यसैले हामीले पनि संघर्षको समग्र तरिका प्रयोग गर्न आवश्यक छ ।”

साम्राज्यवादले आफ्नो उदेश्य पूरा गर्न कतिपय देशमा आफैले कम्युनिस्ट पार्टी खोलेर चलाइरहेको र कम्युनिस्ट पार्टी  भित्रै घुसपैठ गरेर समाजवादी आन्दोलनलाई असफल पार्ने गरेको भन्दै महासचिव विप्लवले आफुहरुले नेपाली विशेषताको समाजवादी क्रान्तिलाई सप्पन्न गर्न र संघर्षको समग्र तरिका अन्तर्गत चुनावलाई लिएको बताए।

केन्द्रिय समिति बैठकमा बोल्ने क्रममा महासचिव विप्लवले नेपालमा अहिले भारत र अमेरिकाले कम्युनिस्टहरु बिरुद्ध भित्रबाट पनि खाने र बाहिरबाट पनि खाने नीति लिएको भन्दैअमेरिकाले नेपालमा पुजीवादी संघियता र कृश्चियनकरण गर्न खोजेको तथा भरतले हिन्दुइज्म र राजतन्त्रको नारा दिएर आउन खोजेकोले देशभक्त, कम्युनिस्ट, समाजवादी र लोकतान्त्रिक शक्तिको मोर्चा अनिवार्य रहेको  बताए ।

Facebook Comments