• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमीका कक्षा १२ का बिद्यार्थीहरुलाई बिदाइ




घोराही । दाङको घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई बिदाइ गरिएको छ । स्कूलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल मालाइनमा एक कार्यक्रमकाबीच १२ कक्षाका विद्यार्थीहरुलाई बिदाइ गरिएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्र कुशल केसीको सभापति एवं विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले राम्रा र नराम्रा पक्षलाई विद्यालयले ग्रहण गर्दै आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित र शैक्षिक गुणस्तरीयमा नयाँ ढंगले अगाडि बढाउने बताउनुभयो । गुरुकुललाई गुरुकुल जस्तै बनाउन आफूहरुले योजनावद्द तरिकाले अगाडि बढाइरहेको भन्दै प्रमुख अतिथि घिमिरेले विद्यालयमा गुरुहरुबाट आर्जन गरेका ज्ञान र सीपलाई विद्यार्थीहरुले आ–आफ्नो क्षमताको आधारमा आत्मसात गर्दै अगाडि बढ्नुपर्ने र गुरुबाट आर्जन गरेका कुरालाई व्यवहारमा पनि लागूगरी समाज रुपान्तरणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरुलाई आगामी दिनको शुभकामना मन्तव्य दिँदै बिदाइ हुनु एक नरमाइलो क्षण महसुस हुने र उच्च शिक्षाको लागि नयाँ खुड्किलामा सुरुवात भएको र त्यो आफैमा महत्त्वपूर्ण रहने बताएका थिए । उच्च शिक्षा विद्यालय तहभन्दा अप्ठ्यारो र जटिल हुनेभएकाले आगामी दिनमा विद्यार्थीहरुले अझै मेहनतसँगै संघर्ष गर्नुपर्ने र यो दुई वर्षभित्र कलेजमा गुरुहरुबाट सिकेका र प्राप्त गरेका ज्ञानका कुरा व्यवहारिकतासँग जोडेर लैजानुपर्ने बोल्ने वक्ताहरूको भनाइ थियो।

कक्षा १२ का छात्रा सजना पौडेलले पछिल्लो दुई वर्षमा गुरुहरुले सिकाएका कुरा अमूल्य हुने र विद्यालयका राम्रा पक्षले आफूहरूको सफलताका लागि आगामी दिनमा थप उर्जा मिल्ने बताइन । उनले कलेजमा गुरुहरुबाट सिकेका र आर्जन गरेका सीप, ज्ञान र प्रेरणाले आफूहरूको करिअर बनाउनका लागि महत्त्वपूर्ण योगदानमा सहयोग पु¥याउने र विद्यालयको सिर सधै उचो बनाउने कुरामा जोड दिइन ।

कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि विद्यार्थीहरुले फरकफरक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक डा. कृष्णराज डिसी, विद्यालयका संयोजक महेन्द्र पौडेल, विद्यालयका प्लसटु विज्ञान संयोजक अजय शाह, शिक्षकहरु विवेक देबकोटा , महाविर घर्ती बिद्यार्थीहरु स्विकृति आचार्य, सम्भव योगीलगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कक्षा ११ का छात्रा एजिना अधिकारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कक्षा ११ छात्रा प्रेरणा वली , सुबिक्षा आचार्य र छात्र सक्षम पौडेल र सुशान्त रावतले गरेका थिए भने नेपाली बिषयका बिभागीय प्रमुख विवेक देबकोटाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments