• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरीमा अहिलेसम्मकै ठूलो राशीको  खुला भलिबल प्रतियोगिता हुँदै, तयारी तीब्र




घोराही । रोल्पाको होलेरीमा अहिलेसम्मकै ठूलो राशीको खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको भएको छ । होलेरी बजार व्यवस्थापन समितिको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।

`स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद´ भन्ने मूल नारासहित यही बैशाख १२ गतेदेखि खुला पुरुष  भलिबल प्रतियोगिता सुरुहुने होलेरी बजार व्यवस्थापन समितिका अध्यक्ष होम यरीले जानकारी दिनुभयो । गत चैत १६ गते बसेको  समितिको बैठकले गरेको निर्णय अनुसार होलेरी बजारमा अहिलेसम्मकै ठूलो राशीको प्रतियोगिता  हुन लागेको उहाँले बताउनुभयो ।

रुन्टीगढीमा हालसम्म ठूला खेलहरु नभएको हुँदा खेल क्षेत्रलाई थप प्रबर्द्धन र स्थानीयस्तरका खेलाडीहरुलाई प्रेरित र हौसला प्रदान गर्ने उद्देश्यका साथ खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको उहाँको भनाइ छ । पालिकास्तरका खेलाडीहरु खेलमा सहभागी हुन चाहेको खण्डमा टिम दर्ता शुल्क  नि:शुल्क हुनसक्ने समेत उहाँले जानकारी दिनुभयो ।
बैशाख १२ गतेदेखि १६ गतेसम्म हुने खेलमा  प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमलाई क्रमशः  एक लाख, ५० हजार, ३५ हजार र २५ हजार नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष यरीले बताउनुभयो  ।

खेलमा सहभागी हुनका लागि खेलाडीले बैशाख ११ गतेभित्र टिम दर्ता गरिसक्नु पर्ने,  खेलाडी संख्या  ९ जना हनुपर्ने, १ जना टिम काेच र १ जना टिम व्यवस्थापक रहन पाइने आयोजकले जनाएको छ  ।

त्यस्तै खेलमा कुनैपनि विवाद आएमा अफिसियल र आयाेजक कमिटीकाे निर्णय नै अन्तिम निर्णय हुने र खेल नेपाल भलिबल एफआइभिबिसँग सम्बन्धित नियमा खेलाइने आयोजकले जनाएको हो । प्रतियोगितालाई  सव्य, भब्य र व्यवस्थित बनाउनका लागि  कार्यक्रमको तयारीलाई  तीब्र बनाइएको आयोजक कमिटीले बताएको छ ।

 

 

 

Facebook Comments